close

विश्वकप फुटबल प्रसारणको नेटवर्क टेक्नोलोजी पार्टनरमा वेबसर्फर

टेकपाना टेकपाना

मंसिर १७, २०७९ १२:४०

विश्वकप फुटबल प्रसारणको नेटवर्क टेक्नोलोजी पार्टनरमा वेबसर्फर

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत नेपालमा प्रायाेजक एवं नेटवर्क टेक्नोलोजी पार्टनरका रूपमा वेबसर्फर जोडिएको छ ।

यसका लागि वेबसर्फरले विश्वकप फुटलब प्रसारणको अधिकार लिएको मिडियाहब प्रालिसँग सहकार्य गरेको छ ।

यसैबीच विश्वकप फुटबलको उपलक्ष्मा विभिन्न अफर सञ्चालन गरिरहेकाे छ । यसअन्तर्गत कम्पनीले आफ्नो स्वामित्वमा रहेको आईपीटिभी, फाइबर, २०० एमबीपीएस गतिकाे इन्टरनेट प्याकेजसहित विभिन्न आकारका टिभी सेटमा अफरमा उपलब्ध गराएको छ । 

वेबसर्फर अन्तर्गतका विभिन्न टिभी जस्तै; स्काई, मेरो टिभी र स्काई कममा विश्वकपका खेल सशुल्क हेर्न सकिन्छ । यसअन्तर्गत ८५ हजार ९०० पर्ने ६५ इन्च स्मार्ट टिभी, एक हजार २०० रूपैयाँ पर्ने फाइबर, चार हजार ५०० रूपैयाँ  पर्ने आईपीटिभी बक्स र १४ हजार ५०० पर्ने २०० एमबीपीएस इन्टरनेट कुल ९६ हजार ९०० रुपैयाँमा पाउन सकिनेछ ।

यस्तै  ५८ हजार ९०० रूपैयाँ पर्ने ५५ इन्च स्मार्ट टिभी, एक हजार २०० रूपैयाँ पर्ने फाइबर, चार हजार ५०० पर्ने आईपीटिभी बक्स र १४ हजार ५०० पर्ने २०० एमबीपीएस इन्टरनेट कुल ७२ हजार ८०० रुपैयाँमा पाउन सकिनेछ ।

यसैगरी ३१ हजार ५०० पर्ने ४३ ईन्च स्मार्ट टिभी, एक हजार २०० पर्ने फाइबर, चार हजार ५०० रूपैयाँ पर्ने आईपीटिभी बक्स र १४ हजार ५०० रूपैयाँ पर्ने २०० एमबीपीएस इन्टरनेट कुल ४२ हजार ९०० रुपैयाँमा पाउन सकिनेछ ।

अन्त्यमा १८ हजार ५०० रूपैयाँ पर्ने ३२ इन्च स्मार्ट टिभी, एक हजार २०० रूपैयाँ पर्ने फाइबर, चार हजार ५०० रूपैयाँ पर्ने आईपीटिभी बक्स र १४ हजार ५०० रूपैयाँ पर्ने २०० एमबीपीएस इन्टरनेट कुल २८ हजार ८०० रुपैयाँमा पाउन सकिनेछ ।

पछिल्लो अध्यावधिक: मंसिर २१, २०७९ १३:१७