close

कस्तो होला साओमी १३ सिरिज ?

टेकपाना टेकपाना

मंसिर १७, २०७९ १९:२

कस्तो होला साओमी १३ सिरिज ?

काठमाडौं । साओमीले १३ सिरिजका स्मार्टफोन सार्वजनिक गर्ने मिति केही पर सारेको छ । तर यी फोनका फिचर भने बाहिरिने क्रम जारी छ । हालै यो फ्ल्यागशिप सिरिजको र्‍याम, क्यामेरा लगायतका जानकारी बाहिरिएको छ ।

यसअन्तर्गत साओमी १३ र १३ प्रो ८/१२८ जीबी, ८/२५६ जीबी, १२/२५६ जीबी र १२/५१२ जीबी स्टोरेन्ज भेरियन्टमा उपलब्ध हुनेछ  । इन्ट्री लेभल अर्थात् सस्तो मोडेलहरू भने ८ जीबी र्‍यामसहित १२८ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ ।

त्यस्तै यी सबै फोन चार ओटा कलरमा उपलब्ध हुनेछन् ।

साओमी १३ मा भने ५४ मेगापिक्सेलको सोनी आईएमएक्स८०० को मुख्य क्यामेरा उपलब्ध हुने बताइएको छ । त्यस्तै यसमा १२ मेगापिक्सेलको अल्ट्रावाइड र १० मेगापिक्सेलको टेलिफोटो सेन्सर रहेको छ ।

यसमा ४५०० एमएएचको ब्याट्रीसहित ६७ वाटको वार्यड चार्जर र ५० वाटको वायरलेस चार्जर उपलब्ध हुनेछ । त्यस्तै साओमी १३ प्रोमा पनि ५० मेगापिक्सेलको मुख्य क्यामेरासहित ५० मेगापिक्सेलकै अल्ट्रावाइड सेन्सर र ५० मेगापिक्सेलको टेलिफोटो सेन्सर राखिएको छ ।

यो फोनमा भने ४८२० एमएएचको ब्याट्री उपलब्ध हुनेछ । फोनले १२० वाटको वायर्ड चार्जर र ५० वाटको वायरलेस चार्जर सपोर्ट गर्छ ।

पछिल्लो अध्यावधिक: मंसिर १८, २०७९ १६:३४