close

पब्जी विश्वकपमा नेपाली टिम ‘डीआरएस गेमिङ’ को अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन, पुग्यो शीर्ष स्थानमा

टेकपाना टेकपाना

मंसिर १७, २०७९ २२:१९

पब्जी विश्वकपमा नेपाली टिम ‘डीआरएस गेमिङ’ को अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन, पुग्यो शीर्ष स्थानमा

काठमाडौं । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२२ मा नेपाली पब्जी टिम डीआरएस गेमिङले ‘लास्ट चान्स’ को पहिलो दिनको खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ । ‘डीआरएस गेमिङ’ ६ खेलबाट ३२ एलिमिनेसन पोइन्ट र एक चिकेन डिनरसहित कुल ८१ पोइन्ट ल्याएर अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ ।

सर्भाइबल स्टेजको सातौँ स्थानमा रहँदै लास्ट चान्समा पुगेको डीआरएसको पीएमजीसी २०२२ मा यो अहिलेसम्म कै उत्कृष्ट प्रदर्शन हो । त्यस्तै लास्ट चान्सको अङ्क तालिकाको दोस्रो स्थानमा ‘अल्फा सेभेन ई-स्पोर्ट्स’ र तेस्रो स्थानमा ‘आईएचसी ई-स्पोर्ट्स’ रहेको छ ।

डीआरएस र अल्फा सेभेन ई-स्पोर्ट्स  बीचको पोइन्ट अन्तर मात्र ६ को रहेको छ । डीआरएस गेमिङलाई आइतबार हुने दोस्रो तथा लास्ट चान्सको अन्तिम दिनको खेलमा आफ्नो लय कायम राख्दै शीर्ष स्थानमा रहेर पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपको फाइनलमा अवसर बनाउने सुनोलो अवसर रहेको छ ।

तैपनि अन्तिम चरण प्रवेशको लागि भने लास्ट चान्सको अङ्क तालिकामा शीर्ष ५ नै काफी छ । फाइनलका खेल भने जनवरी ६ देखि ८ सम्म इन्डोनेसियाको जकार्तामा हुनेछ ।


 

पछिल्लो अध्यावधिक: मंसिर १७, २०७९ २२:१९