close

ओप्पोको सस्तो फोन ए१७ के नेपाली बजारमा आउँदै

टेकपाना टेकपाना

मंसिर १८, २०७९ १४:४२

ओप्पोको सस्तो फोन ए१७ के नेपाली बजारमा आउँदै

काठमाडौं । ओप्पोले छिट्टै नै नेपाली बजारमा 'ए१७ के' स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । गत अक्टोबर १३ मा विश्व बजारमा सार्वजनिक भएको ओप्पोको सस्तो फोन नेपालमा पनि शीघ्र सार्वजनिक हुन लागेको हो । ओप्पोले नेपाली बजारमा सार्वजनिक गर्न लागेको ए१७ के स्मार्टफोनमा ६.५६ इन्चको डिस्प्ले रहेको छ ।

कलरओएस (कलर अपरेटिङ सिस्टम) १२.१ मा आधारित यो फोन एन्ड्रोइड भर्सन १२ द्वारा सञ्चालित छ । कम्पनीका अनुसार ओप्पो ए१७ केमा मिडियाटेक एमटी६७६५ हेलियो जी३५ चिपसेट प्रयोग गरिएको छ ।

३ जीबी र्‍याम भेरियन्ट भएको यो फोनमा ६४ जीबी इन्टर्नल स्टोरेज रहेको छ । यस फोनमा सिङ्गल ८ मेगापिक्सेलको सिङ्गल रियर क्यामेरा र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

त्यस्तै फिङ्गरप्रिन्ट सेन्सर रहेको यो फोनको ब्याट्री क्षमता ५००० एमएएच रहेको छ । विश्व बजारमा १३० युरो मूल्य रहेको यो फोन १८ हजार रुपैयाँ हारहारीमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १८, २०७९ १४:४२