close

यी निःशुल्क प्लेटफर्म, जहाँबाट क्षणभरमै बनाउन सकिन्छ आकर्षक डिजाइनका फोटो

टेकपाना टेकपाना

मंसिर १८, २०७९ १७:५०

यी निःशुल्क प्लेटफर्म, जहाँबाट क्षणभरमै बनाउन सकिन्छ आकर्षक डिजाइनका फोटो

काठमाडौं । ग्राफिक्स डिजाइनिङ गर्दा होस् वा कन्टेन्ट बनाउँदा होस्, हामी त्यसको पूर्वानुमान गर्छाैं । उदाहरणका लागि तपाईँ कुनै डिजाइन बनाउँदै हुनुहुन्छ भने सबैभन्दा पहिले कस्तो बनाउने कन्सेप्ट बनाउनुपर्ने हुन्छ । झट्ट नयाँ शीर्षकमा डिजाइन गर्नुपर्‍यो भने सकस नै पर्छ ।

त्यस्तै भिडिओ प्रेजेन्टर वा भिडिओ इडिटर हुनुहुन्छ भने पनि थुप्रै डिजाइनको आवश्यकता पर्छ । यस्ता डिजाइन फोटोशप वा अन्य कुनै सफ्टवेयरबाट म्यानुअल्ली बनाउनुपर्‍यो भने त्यसमा हाम्रो धेरै समय बित्छ । आज हामी यस्ता वेबसाइटको बारेमा जानकारी दिँदैछौँ, जसले आर्टिफिसयल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर हाम्रो आवश्यकता पूरा गरिदिन्छ । 

डलडटई

डल डट ई वा ओपनएआई डटकम एउटा त्यस्तो वेबसाइट हो, जसले हाम्रो आवश्यकता अनुसारको ग्राफिक्स डिजाइन एआईको सहायताले क्षणभरमै तयार पार्छ । यो एपबाट वास्तविकतामा असम्भव भएका कुरा सर्च गर्दा ग्राफिक्स डिजाइनका रूपमा पाउन सकिन्छ ।

उदाहरणका लागि 'हिमालमा हात्तीले खाना खाइरहेको' फोटो सर्च गर्नुभयो भने त्यस्तो फोटो पाउन सकिन्छ । विशेषगरी थम्बनेल बनाउन वा समाचारका लागि फिचर फोटो बनाउन यो वेबसाइटको प्रयोग गर्न सकिन्छ । यो साइटमा गएपछि साइनअप गर्नुपर्ने हुन्छ । साइनअप भइसकेपछि तपाईँले एउटा सर्चबक्स देख्न सक्नुहुन्छ । उक्त सर्च बक्समा तपाईँले दिएको जानकारीका आधारमा फोटो तयार हुन्छ ।

लेख्सिका

लेख्सिका एउटा त्यस्तो वेबसाइट हो, जसले फोटो सर्च इन्जिनको काम गर्छ । जसरी हामी गुगलमा खोजेका कुराहरू टेक्स्ट, सामाचार, भिडिओ वा म्यापका रूपमा पाउँछौँ, त्यस्तै यस वेबसाइटबाट विभिन्न शीर्षकका फोटो पाउन सक्छौँ ।

अन्य व्यक्तिले तयार पारेका फोटोहरू यस प्लेटफर्मबाट डाउनलोड गर्न सकिन्छ । यसबाट कुनै पनि शीर्षकका फोटो डाउनलोड गर्न सकिन्छ । डिजिटल आर्टका फोटो आवश्यक पर्दा यो प्लेटफर्मको सहयोग लिन सकिन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर १८, २०७९ १७:५०