close

फेसबुक मेसेन्जरमा तपाईँलाई कसले गर्‍यो ब्लक ? यस्तो छ थाहा पाउने तरिका

टेकपाना टेकपाना

मंसिर १९, २०७९ १६:३

फेसबुक मेसेन्जरमा तपाईँलाई कसले गर्‍यो ब्लक ? यस्तो छ थाहा पाउने तरिका

काठमाडौं । तपाईँलाई कसैले फेसबुकमा ब्लक गर्‍यो भने कम्पनीले त्यसको जानकारी दिँदैन । तर, मेसेन्जरबाट तपाईँलाई तपाईँको साथीले ब्लक गरेको वा नगरेको जानकारी पाउन सकिन्छ ।

हामी यहाँ तपाईँलाई कसैले फेसबुकमा ब्लक गरेको कसरी थाहा पाउन सकिन्छ भन्ने कुराको जानकारी दिँदै छौँ ।

फेसबुक ब्लक र मेसेन्जर ब्लक फरक कुरा हो । यदि तपाईँलाई कसैले फेसबुकमा ब्लक गर्‍यो भने तपाईँले उक्त व्यक्तिलाई न मेसेज पठाउन सक्नुहुन्छ, न त पोस्ट देख्न नै सक्नुहुन्छ । तर, मेसेन्जरमा मात्र ब्लक गरेको छ भने मेसेज पठाउन मिल्छ । तर उसलाई​ जानकारी हुँदैन । साथै मेसेन्जरमा मात्र ब्लक गर्दा उक्त व्यक्तिका फेसबुकका गतिविधि भने देख्न सकिन्छ ।

यदि तपाईँलाई कुनै साथीले ब्लक गरेको शङ्का लागेको छ भनेको तलको प्रक्रिया अपनाएर थाहा पाउन सक्नुहुन्छ:

-सबैभन्दा पहिले फोनमा मेसेन्जर एप खोल्नुहोस् ।

-त्यसपछि माथि रहेको सर्च बारमा उक्त साथीको नाम सर्च गर्नुहोस् ।

-तपाईँले खोजेको साथीको नाममा ट्याप गरेर मेसेज पठाउनुहोस् ।

-मेसेज पठाइसकेपछि सेन्ट भएको देखिन्छ । 

No description available.

-केही समयपछि पुनः उक्त मेसेज चेक गर्नुहोस् । यदि माथिकाे फाेटाेमा जस्तै देखिएको सेन्ट टिक देखिन्छ भने ब्लक गरेको छ भन्ने बुझ्नुपर्छ ।

यदि मेसेजको तल बोल्ड टिक मार्क (डेलिभरी टिक मार्क) देखिएको छ भने पनि ब्लक गरेको छैन भन्ने बुझ्नुपर्छ । 

No description available.

यस्तै मेसेन्जरको वेब भर्सनबाट पनि कसैले ब्ल्क गरे/नगरेकाे हेर्न सकिन्छ । यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

-सबैभन्दा पहिले ब्राउजरमा फेसबुक खोल्नुहोस् ।

-त्यसपछि मेसेन्जरको आइकनमा जानुहोस् ।

-अब ब्लक गरेको शङ्का लागेको साथीको नाम सर्च गर्नुहोस् ।

-अनि, उसलाई मेसेज पठाउनुहोस् ।

-यति गरेपछि मेसेजको छेउमा सेन्ट टिक मार्क देखिन्छ । त्यो टिक मार्क गोलो रेखाभित्र रहेको देखिन्छ । केही समयपछि पुनः त्यो मेसेज हेर्नुहोस् । यदि त्यस्तै टिक मार्क देखिएको छ भने मेसेन्जर ब्लक गरेको छ भन्ने बुझ्नुपर्छ ।

यदि बोल्ड टिक मार्क देखिएको छ भने मेसेज गएको छ । तर, उक्त व्यक्तिले मेसेज हेरेको छैन भन्ने बुझ्नुपर्छ । त्यसबाहेक पनि फेसबुक प्रयोगकर्ताले मेसेज रेस्ट्रिक्ट गरेका हुन सक्छन् । पहिले इग्नोर नामका रहेको उक्त फिचर अहिले 'रेस्ट्रिक्ट' नाममा देखिन्छ ।

यो पनि पढ्नुहोस्: फेसबुक मेसेन्जरमा यसरी रोक्नुहोस् अनावश्यक कल

पछिल्लो अध्यावधिक: मंसिर १९, २०७९ १७:३१