close

हिमालयन साइन्स फेस्टिभलको दोस्रो संस्करण फागुनमा

टेकपाना टेकपाना

मंसिर २०, २०७९ ८:०

हिमालयन साइन्स फेस्टिभलको दोस्रो संस्करण फागुनमा

काठमाडौं । हिमालयन साइन्स फेस्टिभलको दोस्रो संस्करण फागुनमा आयोजना हुने भएको छ । हिमालयन साइन्स फाउन्डेसनले आयोजना गर्ने यो कार्यक्रमको पहिलो संस्करण २०७६ मा सम्पन्न भएको थियो ।

कोभिड महामारी लगायत विभिन्न कारणले आयोजना हुन नसकेको कार्यक्रम आउँदो फागुन २ र ३ गते नेपालगञ्जमा गर्न लागिएकाे हाे ।

युवाहरूमा भएको विज्ञानको ज्ञान र प्रतिभालाई प्रस्तुत गर्ने मौका दिन विज्ञान तथा प्रविधि महोत्सव आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।

यस महोत्सवमा कक्षा ८ देखि १२ सम्मका सबै सरकारी तथा निजी विद्यालयहरूका विद्यार्थीहरू आफ्नो विज्ञान तथा प्रविधिको प्रोजेक्टसहित सहभागी हुन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: मंसिर २१, २०७९ १२:३८