close

नेसनल साइबर ओलम्पियाड–आईसीटी क्विज कम्पिटिसनको क्वालिफायिङ चरणमा नौ विद्यालय छनोट

टेकपाना टेकपाना

मंसिर २०, २०७९ ९:३६

नेसनल साइबर ओलम्पियाड–आईसीटी क्विज कम्पिटिसनको क्वालिफायिङ चरणमा नौ विद्यालय छनोट

काठमाडौं । जारी नेसनल साइबर ओलम्पियाड-आईसीटी क्विज कम्पिटिसन २०७९ को क्वालिफाइङ चरणमा नौ विद्यालय छनोट भएका छन् । नेसनल साइबर ओलम्पियाडको आयोजनामा १३ मंसिरदेखि सुरु भएको प्रतियोगिताको पहिलो चरणमा नौ विद्यालय छनोट भएका हुन् । 

मंसिर २६ गतेसम्म चल्ने प्रतियोगितामा उपत्यकाका ४० विद्यालयका माध्यमिक तहका १२० जना विद्यार्थीहरू सहभागी भएका थिए । प्रतियोगितामा सूचना र प्रविधि विषयको सामान्य ज्ञान, पाठ्यक्रम, लजिकल, मल्टिमिडिया र ग्यास्पिङ राउन्डमा सहभागी विद्यार्थीहरूबीच प्रतिस्पर्धा गराइएको थियो । 

अर्को चरणको लागि छनोट हुने विद्यालयहरूमा ऐम्स एकेडेमी, ग्यालेक्सी पब्लिक स्कुल–टिम ए, ग्यालेक्सी पब्लिक स्कुल–टिम बी, रिलायन्स को–एड स्कुल, क्यारिबियन सेकेन्डरी स्कुल, पाठशाला नेपाल फाउन्डेसन, रिलायन्स पब्लिक स्कुल, काठमाडाैं प्रज्ञा कुन्ज स्कुल र द न्यू समिट सेकेन्डरी स्कुल रहेका छन् ।  

सेमिफाइनलका खेल मंसिर २२ बिहीबार देखि हुनेछ ।

पछिल्लो अध्यावधिक: मंसिर २१, २०७९ १२:४७