close

ओप्पो 'ए१७ के' नेपाली बजारमा, मूल्य १७ हजार रुपैयाँ

टेकपाना टेकपाना

मंसिर २०, २०७९ १४:५५

ओप्पो 'ए१७ के' नेपाली बजारमा, मूल्य १७ हजार रुपैयाँ

काठमाडौं । ओप्पोले नेपाली बजारमा 'ए१७ के' स्मार्टफोन भित्र्याएकाे छ । गत अक्टोबर १३ मा विश्व बजारमा सार्वजनिक भएको ओप्पोको याे माेडेल नेपालमा मङ्गलबारदेखि उपलब्ध भएकाे हाे ।

ए१७के स्मार्टफोनमा ६.५६ इन्चको डिस्प्ले रहेको छ । कलरओएस (कलर अपरेटिङ सिस्टम) १२.१ मा आधारित यो फोन एन्ड्रोइड भर्सन १२ द्वारा सञ्चालित छ । कम्पनीका अनुसार ओप्पो ए१७केमा मिडियाटेक एमटी६७६५ हेलियो जी३५ (mediatek mt3765 helio G35) चिपसेट प्रयोग गरिएको छ ।

४ जीबीसम्मको एक्सटेन्डेड र्‍याम भेरियन्ट भएको यो फोनमा ६४ जीबी इन्टर्नल स्टोरेज रहेको छ । त्यस्तै यसमा १ टेराबाइट स्टोरेज क्षमता भएको एसडी कार्ड प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ ।

यस फोनमा सिङ्गल ८ मेगापिक्सेलको रियर क्यामेरा र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । त्यस्तै फिङ्गरप्रिन्ट सेन्सर रहेको यो फोन आईपीएक्स फोर वाटर रेसिस्टेन्स समेत रहेको छ । कम्पनीका अनुसार ओप्पो ए१७ केमा ५००० एमएएच ब्याट्री क्षमता रहेको छ ।

कम्पनीले यस फोनको मूल्य १६ हजार ९९९ रुपैयाँ तय गरेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २१, २०७९ १३:१७