close

साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाएर ठगी गरेको आरोपमा एक जना पक्राउ

टेकपाना टेकपाना

मंसिर २०, २०७९ १७:१७

साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाएर ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका वडा नं. ५, झुवानीटोल बस्ने १८ वर्षीय करण महतो रहेका छन् ।

महतोले साइबर ब्यूरोको नाममा नक्कली फेसबुक पेज बनाएर सर्वसाधारणलाई झुक्याउन खोजेको प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ । उनले 'Cyber Bureau Nepal' नाम भएको फेसबुक पेज बनाएका थिए ।

उनले साइबर ब्यूरोको आधिकारिक पेजमा अपलोड गरिएका विज्ञप्ति आफ्नो पेजमा राख्दै आएका थिए ।

महतोलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट सोमबार पक्राउ अनुमति लिई जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा ब्यूरोबाट खटिएको टोलीले पक्राउ गरेको हाे ।

आवश्यक कारबाहीका लागि पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २१, २०७९ १३:२४