close

कलेजका विद्यार्थीलाई साइबर क्राइम सम्बन्धी प्रशिक्षण

टेकपाना टेकपाना

मंसिर २१, २०७९ ८:३७

कलेजका विद्यार्थीलाई साइबर क्राइम सम्बन्धी प्रशिक्षण

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले कलेजका विद्यार्थीहरूका लागि साइबर क्राइम सम्बन्धी प्रशिक्षण सम्पन्न गरेको छ ।

समुदाय - प्रहरी साझेदारी अवधारणा अन्तर्गत मंगलबार जिल्ला प्रहरी परिसर काठमाण्डौं तथा सामुदायिक प्रहरी सेवा केन्द्र घट्टेकुलोको आयोजनामा ट्रिनिटि इन्टरनेशनल कलेजका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई साइबर क्राइम र इथिकल ह्याकिङको विषयमा प्रशिक्षण दिइएको थियो ।  

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी निरिक्षक कृष्ण  गिरीले विद्यार्थीहरूलाई साइबर क्राइम, यसको प्रवृत्ति, रोकथाम तथा नियन्त्रण सम्बन्धी जनचेतनामूलक प्रस्तुतीकरण दिएका थिए । उक्त प्रशिक्षणमा कलेजका शिक्षक, शिक्षिका, विद्यार्थीहरू समेत गरी कुल ३७५ जनाको उपस्थिति थियो ।

पछिल्लो अध्यावधिक: मंसिर २१, २०७९ ८:३७