close

यसरी गर्नुहोस्, सामाजिक सञ्जालमा आफ्नो कम्पनी वा उत्पादनको मार्केटिङ

टेकपाना टेकपाना

मंसिर २२, २०७९ ८:२५

यसरी गर्नुहोस्, सामाजिक सञ्जालमा आफ्नो कम्पनी वा उत्पादनको मार्केटिङ

काठमाडौ । अहिले बजारमा कुनै पनि उत्पादनको प्रचारप्रसारका लागि सबैभन्दा उत्तम माध्यम बनेका छन्, सामाजिक सञ्जाल । यस्ताे माध्यममार्फत एकैपटक धेरै मानिसमाझ छोटो समयमा प्रचार गर्न सकिन्छ । डिजिटल मार्केटिङका लागि विभिन्न सामाजिक सञ्जालको प्रयोग भइरहेको सन्दर्भमा नेपालमा पनि यसकाे अभ्यास बढ्दाे छ ।

उद्योग वाणिज्य महासंघले हालै प्रकाशित गरेकाे 'डिजिटल माध्यमबाट व्यवसाय सञ्चालन क्षमता विकास तालिम पुस्तिका' मा डिजिटल मार्केटिङ कसरी गर्न सकिन्छ र यसका लागि डिजिटल सामग्री कसरी तयार गर्ने विषय समावेश गरिएकाे छ ।

पुस्तिकामा डिजिटल मार्केटिङलाई इन्टरनेट, मोबाइल फोन, सामाजिक सञ्जाल, एसईओ र अन्य इलेक्ट्रोनिक माध्यमबाट उपभोक्ताहरूसँग पहुँच वृद्धि गराउने काम भनेर परिभाषित गरिएको छ ।     

डिजिटल मार्केटिङका मुख्य प्रकार

१. खोज प्रणालीः खोज प्रणली अथवा सर्च इन्जिन अप्टिमाइजेसनको प्रयोग गरेर इन्टरनेटमा खोज्दा आफ्नो उत्पादनको विषयमा अगाडि आउने बनाउन सकिन्छ । अथवा सशुल्क विज्ञापनहरू पनि राख्न सकिन्छ 

२. सामाजिक सञ्जालः उत्पादन र सेवाहरू मार्केटिङ गर्न वेबसाइटहरू वा सामाजिक सञ्जालहरूको प्रयोग गर्न सकिन्छ । यसमा निःशुल्क र सशुल्क दुवै प्रकारको विज्ञापन राख्न सकिन्छ । 

३. ई-मेलः सदस्यहरुलाई नियमित आधारमा र विशेष तालिमका अवसरहरुमा (जस्तै बिदाको समयमा) ई–मेल न्यूजलेटरहरु वा सन्देशहरु पठाउन सकिन्छ ।

४. कन्टेन्ट मार्केटिङः लक्षित दर्शकहरूका लागि भिडिओ वा ब्लगहरू जस्ता अनलाइन सामग्रीहरुको तयारी गर्न सकिन्छ । 
 

फेसबुकमा डिजिटल मार्केटिङ गर्दा ध्यान दिनुपर्ने कुरा

- स्पष्ट लक्ष्य र रणनीति बनाउनुपर्छ ।

- आफ्नो फेसबुकका साथीहरूलाई फेसबुक पेज लाइक गर्न अनुरोध गर्नुहोस् ।

- नियमित अपडेट गरिरहनुपर्छ ।

- आफ्ना फलोअरहरूलाई आफ्नो सामग्री मनपरेमा लाइक गर्न प्रेरित गर्नुहाेस् ।

- कमेन्ट र फिडब्याकलाई प्रोत्साहन दिनुहोस र छिटो रिप्लाई दिने गर्नुहोस् ।

- सामग्रीको बारेमा तस्वीर र भिडिओ सहित विवरण पोस्ट गर्नुहोस् ।

- इन्फ्लुयन्सरहरूसँग आफ्नो उत्पादनको विज्ञापन गर्न साझेदारी गर्नुहोस् ।

- आफ्ना लक्षित ग्राहकको पहिचान गर्नुहोस् ।

ह्वाट्सएपबाट डिजिटल मार्केटिङ गर्दा ध्यान दिनुपर्ने कुरा

- आफ्नै समूहहरू तयार गर्नुहोस् ।

- छोटो भिडिओ पोष्ट गर्ने ।

- ग्रुपच्याट प्रयोग गर्ने ।

- आकर्षक प्रस्तावहरु र प्रवर्द्धनका क्षेत्र सिर्जना गर्ने ।

- ग्राहकहरूसँग अन्तर्क्रिया गर्ने ।

- फोन कल, ह्वाट्सएप कलहरु प्रयोग गर्ने ।

- ईन-भ्वाइसहरु जस्ता व्यावसायिक कागजात पठाउने । 

इन्स्टाग्रामबाट डिजिटल मार्केटिङ गर्दा ध्यान दिनुपर्ने कुरा 

- आफ्नो व्यवसाय वा उद्योगसँग सम्बन्धित अन्य अकाउन्टहरू फलो गर्ने ।

- इन्स्टाग्राम स्टोरीहरू तथा पोष्टहरू नियमित रुपमा राख्ने ।

- उत्पादन तथा सेवाहरुको लोकप्रिय ट्यागहरु प्रयोग गर्ने । उदाहरणका लागि यदि तपाईं केक बेच्दै हुनुहुन्छ भने आफ्नो प्रत्येक पोस्टमा कुनै एउटा केकको इमोजी प्रयोग गर्न सक्नुहुन्छ । यसले गर्दा मानिसहरूले तपाईंको उत्पादनलाई सोही इमोजीमार्फत नै पनि चिन्न सक्नेछन् ।  

- इन्फ्लुएन्सरसँग साझेदारी गर्ने ।

- आफ्ना ग्राहकहरुको आवश्यकता र प्राथामिकताबारे अध्ययन गर्ने ।

- इन्स्टाग्राममा आन्तरिक प्रतियोगिताहरु, प्रश्नहरू अथवा सशुल्क विज्ञापनहरु प्रयोग गरिरहने ।


टिकटकबाट डिजिटल मार्केटिङ गर्दा ध्यान दिनुपर्ने कुरा 

- उपयुक्त गीतमा भिडिओहरु पोष्ट गर्ने वा आफ्नो उत्पादनहरुको प्रत्यक्ष डेमो पोष्ट गर्ने ।

- उत्पादनसँगै भिडिओ ट्याग गर्ने ।

- इन्फ्लुएन्सरहरूसँग साझेदारी गर्ने ।

- टिकटक ट्रेन्ड र च्यालेन्जहरूमा भिडिओहरू बनाउने ।

- विभिन्न भिडिओमार्फत फलोअरलाई आफ्नो टिकटक अकाउन्ट फलो गर्न आकर्षित गर्ने ।

पछिल्लो अध्यावधिक: मंसिर २२, २०७९ ८:३८