close

अन्ततः एप्पलले ल्याउने भयो इलेक्ट्रिक कार

टेकपाना टेकपाना

मंसिर २२, २०७९ १३:९

अन्ततः एप्पलले ल्याउने भयो इलेक्ट्रिक कार

काठमाडाै । विश्व चर्चित ब्रान्ड एप्पलले पनि स्वचालित विद्युतीय कार ल्याउने भएको छ । लामाे समयदेखि चर्चामा रहेकाे कार निर्माण परियाेजनालाई अघि बढाउने निर्णय गरेकाे छ । सन् २०१४ देखि चर्चामा आएको ‘टाइटन’ नामक यो परियोजना अलमलमा थियो ।

पछिल्लो रिपोर्ट अनुसार कम्पनीले कारको ड्राइभिङ फिचरलाई ध्यानमा राखी कार निर्माण योजना अघि सारेकाे छ । यसअघि एप्पलले सन् २०२५ भित्र आफ्नो विद्युतीय कार सार्वजनिक गर्ने बताएको थियो । हाल सार्वजनिक रिपाेर्ट अनुसार कम्पनीले सन् २०२६ मा पहिलाे कार सार्वजनिक गर्नेछ, जसकाे मूल्य एक लाख अमेरिकी डलरभन्दा कम हुनेछ ।

कम्पनीका अनुसार कारको डिजाइन कस्तो बनाउने भन्नेबारे सन २०२३ सम्ममा निर्धारण गरिने छ । विभिन्न सञ्चारमाध्यमका अनुसार उक्त गाडी चलाउँदा चालकले स्वचालित मोडमा राखेर अन्य काम गर्न सक्नेछन् ।

त्यस्तै आवश्यक परेको खण्डमा म्यानुअल मोडमा स्वीच गरेर प्रयोग गर्न सक्ने कम्पनीको भनाइ छ । कार औपचारिक रूपमा सार्वजनिक हुनु एक वर्षअगाडि टेस्ट ड्राइभ गर्न सकिने समाचार पनि बाहिरिएकाे छ ।

पछिल्लो अध्यावधिक: मंसिर २२, २०७९ १३:९