close

गुगलमा सर्वाधिक खोजिने व्यक्ति बने अभिनेता जोनी डिप

टेकपाना टेकपाना

मंसिर २२, २०७९ २२:४४

गुगलमा सर्वाधिक खोजिने व्यक्ति बने अभिनेता जोनी डिप

काठमाडौं । सन् २०२२ मा अमेरिकी अभिनेता जोनी डिपलाई गुगलमा सर्वाधिक खाेजिएकाे छ । गुगलले बुधबार २०२२ मा सर्वाधिक बढी सर्च गरिएका वस्तुको विवरण सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा यस वर्ष सबैभन्दा बढी खोजिएका समाचार, चर्चित व्यक्तिहरू,  खेल आदि विषय समेटिएका छन् ।

अभिनेता जोनी डिपले गत जुनमा आफ्नी पूर्वपत्नी अम्बर हेयर्डमाथि भएको मानहानीको मुद्दा जितेका थिए । त्यसपछि उनको चर्चाले थप उचाइ पाएको थियो । उनीसँग मुद्दा हार्ने हेयर्ड सर्वाधिक बढी सर्च गरिने व्यक्तिको सूचीमा तेस्रोमा परेकी छन् ।

हेयर्डले जोनी डिपमाथि मानहानीको मुद्दा हालेकी थिइन्, जुन लामो समयदेखि विचाराधीन अवस्थामा थियो । हेयर्डले डिपलाई बदनाम गरेको भन्दै अदालतले उनलाई एक करोड ५० लाख डलर जरिवाना सुनाएको थियो ।

उक्त मुद्दाको फैसला नवौँ शीर्ष ट्रेन्डिङ समाचारको विषयमा परेको छ । त्यस्तै २०२२ को ओस्कार अवार्ड वितरण कार्यक्रममा अमेरिकी अभिनेता विल स्मिथ र कमेडियन कृष रक (Chris Rock) पनि चर्चामा आएका थिए ।

कमेडियन रकले स्मिथकी पत्नीबारे मजाक उडाएपछि उनले स्टेजमै गएर रकलाई झापड हानेका थिए । त्यही विषयका विल स्मिथ सर्वाधिक बढी सर्च गरिने व्यक्तिको दोस्राे सूचीमा परेका छन् भने रक पाँचौँ स्थानमा छन् ।

उक्त घटनासँग सम्बन्धित समाचार ट्रेन्डिङ समाचारको क्याटेगोरीको आठौँ स्थानमा छ । यसैगरी युक्रेन र रूसबीचको युद्धमा सर्वाधिक बढी चर्चा पाउने व्यक्ति हुन्, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन । उनी गुगलमा सर्वाधिक बढी सर्च गरिने व्यक्तिको पाँचौं सूचीमा रहेका छन् ।

  1. Jonny Dip
  2. Will Smith
  3. Amber Heard
  4. Vladumir Putin
  5. .Chris Rock
  6. Novak Djokovic
  7. Anna Sorokin
  8. Andrew Tate
  9. Rishi Sunak
  10. Simon Leviv

पछिल्लो अध्यावधिक: मंसिर २२, २०७९ २२:४४