close

अब टेलिग्राम प्रयोग गर्न सिमकार्ड नचाहिने

टेकपाना टेकपाना

मंसिर २३, २०७९ ८:४१

अब टेलिग्राम प्रयोग गर्न सिमकार्ड नचाहिने

काठमाडौं । अब टेलिग्राम प्रयोग गर्न सिम कार्ड नचाहिने भएको छ । कम्पनीले एक ब्लग पोस्ट गर्दै अब सिम कार्ड बिना पनि टेलिग्राममा साइनअप गर्न सकिने फिचर उपलब्ध भएको जनाएको छ ।

तर यसको अर्थ फोन नम्बर नै नचाहिने भने चाहीँ होइन । आफ्नो सिम कार्ड अथवा आफ्नो फोन नम्बर बिना टेलिग्राम प्रयोग गर्नका लागि एनोनिमस अर्थात् एउटा अज्ञात भर्चुअल फोन नम्बर खरिद गर्न सकिन्छ । यो नम्बरबाट तपाईँले बाहिर फोन गर्न  अथवा एसएमएस पठाउनको लागि प्रयोग गर्न भने सक्नुहुन्न । यो नम्बर टेलिग्राम प्रयोग गर्न मात्र उपयोगी हुनेछ । 

साथै टेलिग्रामले अन्य केही फिचरहरू पनि थप गर्दैछ । कम्पनीले प्रयोगकर्ताले नयाँ च्याटहरूको लागि अटो-डिलिट फिचर, एग्रेसिभ एन्टी-स्पाम मोड, ग्रुप च्याटमा मानिसहरूलाई जोड्नको लागि क्यूआर कोड लगायत अन्य फिचर पनि विस्तारै सार्वजनिक गर्ने उल्लेख गरेको छ ।

इमोजीको सन्दर्भमा पनि कम्पनीले केही परिवर्तन ल्याउँदैछ । आईओएस प्रयोगकर्ताका लागि थप केही इमोजी र प्रिमियम प्रयोगकर्ताका लागि पनि नयाँ इमोजीहरू सार्वजनिक गर्न लागेकाे कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: मंसिर २३, २०७९ १४:३३