close

तपाईँको कम्प्युटरलाई कति जीबी र्‍याम चाहिन्छ ? यसरी थाहा पाउनुहोस्

टेकपाना टेकपाना

मंसिर २३, २०७९ २०:१०

तपाईँको कम्प्युटरलाई कति जीबी र्‍याम चाहिन्छ ? यसरी थाहा पाउनुहोस्

काठमाडौं । कम्प्युटरले कति चुस्त रुपमा काम गर्ने भन्ने कुरा यसमा भएको र्‍यामले निर्धारण गर्दछ । कम्प्युटरमा भएका प्रोग्राम, एप्लिकेसन वा सेवा व्यवस्थापन गर्न र्‍यामले धेरै ठूलो भूमिका खेलेको हुन्छ । कम्प्युटरमा जति धेरै र्‍याम भयो, धेरैओटा प्रोग्रामहरू सँगसँगै चलाउन उत्तिकै सहज हुन्छ ।

यदि पर्याप्त र्‍याम भएन भने तपाईँको कम्प्युटर स्लो हुनुका साथै अन्य प्रोग्राम चलाउन असहज हुन्छ । तर, र्‍याम हुनुपर्छ भन्दैमा अनावश्यक र्‍याम राख्नु पनि पैसाको बर्बादी हो । त्यसैले आफ्नो काम अनुसार कम्प्युटरमा कति र्‍याम आवश्यक पर्छ भन्ने कुरा बुझ्नुपर्छ ।

तपाईँको कम्प्युटरमा न्यूनतम कति र्‍याम आवश्यक पर्छ ?

सामान्यतः तपाईँले कुन अपरेटिङ सिस्टम प्रयोग गर्नुभएको छ भन्ने कुराले र्‍यामको आवश्यकता निर्धारण गर्छ । उदाहरणका लागि यदि तपाईँको कम्प्युटरमा विन्डोज १० छ भने न्यूनतम १ जीबी र्‍याम र ३२ बिट विन्डोज आवश्यक पर्छ ।

तर, विन्डोज ६४ बिटको छ भने त्यसका लागि न्यूनतम २ जीबी र्‍याम आवश्यक हुन्छ ।

तर, विन्डोज ११ का लागि भने न्यूनतम ४ जीबी र्‍याम चाहिन्छ । तर, हामीले प्रयोग गर्ने विभिन्न प्रोग्रामका लागि यो र्‍याम पर्याप्त हुँदैन ।

विन्डोज ११ का लागि कति र्‍याम चाहिन्छ ?

विन्डोज ११ प्रयोग गर्नका लागि कम्प्युटरमा न्यूनतम ४ जीबी र्‍याम आवश्यक पर्छ । तर, यति र्‍यामको भर पर्नुभयो भने क्रोममा पाँच ओटाभन्दा बढी ट्याब खोल्दा स्लो हुन थाल्छ । भिडिओ एडिटिङको कुरा त छोडौँ, यो र्‍यामको सहायताले फोटो एडिट पनि गर्न सकिँदैन । त्यस्तै गेमिङ वा अन्य कुराबारे त सम्झिनु जस्तै हो ।

विन्डोज ११ प्रयोग गरिरहँदा यस्ता काममा बाधा नपुगोस् भन्ने चाहनुभएको छ भने तपाईँलाई ८ जीबी र्‍याम आवश्यक पर्छ । ८ जीबी र्‍याममा तपाईँले आवश्यक विभिन्न र्‍याम प्रयोग गर्न सक्नुहुन्छ । उदाहरणका लागि गुगल क्रोम, फोटो वा भिडिओ एडिटिङ एप तथा केही गेमका लागि यो र्‍याम पर्याप्त नै हुन्छ ।

८ जीबीभन्दा बढी र्‍याम प्रयोग गर्दा के हुन्छ ?

विन्डोज ११ मा हाम्रा सामान्य कामका लागि ८ जीबी र्‍याम उपयुक्त हुन्छ । तर, त्यसभन्दा बढी र्‍याम राख्नुपर्ने अवस्था कतिबेला आउला त ? यदि तपाईँले हेभी एप्लिकेसन चलाउन खोज्नुभएको छ भने तपाईँलाई ८ जीबी र्‍याम पर्याप्त हुँदैन ।

उदाहरणका लागि क्याड, थ्रीडी मोडेलिङ एप, फोरके भिडिओ प्रोसेसिङ जस्ता हेभी एप्लिकेसन प्रयोग गर्दा तपाईँलाई बढी र्‍याम र्‍याम आवश्यक पर्छ । जस्तै प्रिमियर प्रो, फोटोशप, एयर इफेक्ट जस्ता एप्लिकेसन साइड-बाइ-साइड चलाउनु पर्‍यो भने तपाईँलाई ८ जीबी र्‍याम उपयुक्त नहुन सक्छ ।

त्यसैले यस्ता एप्लिकेसन प्रयोग गर्दा तपाईँलाई १२ वा १६ जीबी र्‍याम प्रयोग गर्नुपर्छ ।

के गेमिङका पीसीमा २४ वा ३२ जीबी र्‍याम आवश्यक पर्छ ?

सम्भवतः गेमकै लागि २४ जीबी वा ३२ जीबी र्‍याम आवश्यक नै हुन्छ भन्ने हुँदैन । यसरी अनावश्यक र्‍याम राख्दा त्यसको कुनै काम हुँदैन । यसको सट्टा बरु एसएसडी कार्ड वा पीसीमा खर्च गर्न सक्नुहुन्छ ।

कतिपय अवस्थामा सीपीयू स्लो हुनुका पछाडि त्यसको कम स्टोरेज वा कमजोर ग्राफिक्स कार्डले गर्दा हुन्छ । त्यस्तो अवस्थामा र्‍याममा खर्च गर्नु भनेको पैसा अनावश्यक खर्च गर्नु मात्र हो ।  

विन्डोज ११ मा प्रयोग गर्न सकिने उच्चतम र्‍याम

-विन्डोज ११ इन्टरप्राइस: ६ टीबी

-विन्डोज ११ एजुकेसन: २ टीबी

-विन्डोज ११ प्रो (वर्कस्टेसन): ६ टीबी

-विन्डोज ११ प्रो: २ टीबी

-विन्डोज ११ होम: १२८ जीबी​

पछिल्लो अध्यावधिक: मंसिर ७, २०८० १७:२२