close

भिभो वाई३५ को फाइभजी भेरियन्ट सार्वजनिक, यस्ता छन् विशेषता

टेकपाना टेकपाना

मंसिर २४, २०७९ ११:५५

भिभो वाई३५ को फाइभजी भेरियन्ट सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । तीन महिना अगाडि मात्र भिभोले आफ्नो नयाँ स्मार्टफोन वाईथर्टी फाइभ (Y35) सार्वजनिक गरेको थियो । स्न्यापड्रागनको ६८० एसओसी प्रोसेसर भएको उक्त फोनमा फाइभजी भने उपलब्ध थिएन । सोही फोनलाई अपग्रेड गर्दै कम्पनीले फाइभजी सेवा सहितको वाईथर्टी फाइभ फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ । 

फोनमा वाटरड्रप नच सहितको ६.५१ इन्चको एलसीडी डिस्प्ले छ । फोरजी मोडेलमा ९० हर्ज रिफ्रेसरेट दिएको कम्पनीले फाइभजी मोडेलमा भने ६० हर्जको रिफ्रेसरेट मात्र दिएको छ । फोनमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा सहित दुई मेगापिक्सेलको म्याक्रो क्यामेरा छ भने सेल्फिको लागि पाँच मेगापिक्सेलको क्यामेरा मात्र उपलब्ध गराइएको छ । 

यो फोनमा पाँच हजार एमएएचको ब्याट्री दिइएको छ, तर चार्जिङको लागि भने १५ वाटको चार्जर मात्र उपलब्ध गराएको छ । यसको अर्थ फोरजीको तुलनामा यो फोनको ब्याट्री चार्जिङ भने केही सुस्त हुनेछ । एन्ड्रोइड १३ मा आधारित यो फोन कालो, गोल्ड र निलो रङ्गमा उपलब्ध छ । 

चिनियाँ बजारमा चार जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य १७० डलर (करिब २२ हजार पाँच सय रुपैयाँ) , ६ जीबी र्‍याम र र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य २०० डलर (करिब २६ हजार ५०० रुपैयाँ) र ८ जीबी र्‍याम सहित १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य २१५ डलर (करिब २८ हजार ५०० रुपैयाँ) तोकिएको छ ।  

पछिल्लो अध्यावधिक: मंसिर २४, २०७९ ११:५५