close

हावा फिल्टर गर्ने मास्क सहितको यो हेडफोन, मूल्य १ लाख २५ हजार रुपैयाँ

टेकपाना टेकपाना

मंसिर २४, २०७९ १४:४६

हावा फिल्टर गर्ने मास्क सहितको यो हेडफोन, मूल्य १ लाख २५ हजार रुपैयाँ

काठमाडौं । सिंगापुरमा रहेको डाइसन नामक बहुराष्ट्रिय कम्पनीले नोइज क्यानसिलेसन सुविधा सहितको हेडफोन सार्वजनिक गरेको छ । साथमा एयर-प्युरीफायर अर्थात् मास्कको पनि काम गर्ने यो हेडफोनको मूल्यले यतिबेला चर्चा पाएको छ । 

एप्पलले उत्पादन गर्ने एयरपड म्याक्सको तुलनामा दोब्बर मूल्य पर्ने यस हेडफोनको मूल्य ९४९ डलर (करिब एक लाख २४ हजार ६०० रुपैयाँ) तोकिएको छ । कम्पनीका अनुसार यो हेडफोन २०२३ को मार्च महिनाबाट अमेरिकामा प्री-अर्डर गर्न सकिनेछ । 

यो हेडफोन देख्दा सामान्य देखिन्छ । जसमा अगाडिपट्टि हावा-फिल्टर गर्ने मास्क समावेश गरिएको छ । कम्पनी का अनुसार आवश्यक नपरेको खण्डमा उक्त मास्क हटाउन सकिन्छ । यस हेडफोनले ब्लुटुथ ५.० तथा ३.५ एमएम अडियो ज्याकका साथै यूएसबी सी पोर्ट सपोर्ट गर्ने कम्पनीको भनाइ छ । 

नोइज क्यान्सिलेसन फिचर भएको यस हेडफोनमा २६०० एमएएच क्षमताको लिथियम आयन ब्याट्री रहेको छ । जसमा अडियो मात्र सुन्दा ५० घण्टासम्म र अडियो तथा एयर प्युरीफिकेसन अर्थात् मास्कको रूपमा प्रयोग गर्दा चार घण्टासम्म ब्याट्री टिक्छ । यसलाई फूल चार्ज गर्न तीन घण्टा लाग्ने कम्पनीको दावी छ । 

कम्पनीले हेडफोनमा प्रयोग गरेको एयर प्युरिफायरले ९९ प्रतिशत डस्ट पार्टिकल ब्लक गर्छ । जसमा ति पार्टिकल ०.१ माइक्रोन जति साना हुन्छन् । बढ्दो शहरी प्रदुषणयुक्त हावा फिल्टर गर्न उक्त हेडफोन सार्वजनिक गरेको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार उक्त एयर फिल्टर नहटाएर १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । जसमा रहेको एयर प्युरिफायर फिल्टरले नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड र ओजन जस्ता एसिडिक ग्यासहरू कब्जा गर्न पोटासियम-कार्बन समावेश गरेको छ । जसलाई दुई ओटा तहले ढाकेका हुन्छन् । 

 

पछिल्लो अध्यावधिक: मंसिर २४, २०७९ १४:४६