close

ह्वावेको बालबालिका लक्षित स्मार्टवाच 'फाइभ एक्स' र 'फाइभ एक्स' प्रो सार्वजनिक

टेकपाना टेकपाना

मंसिर २४, २०७९ १६:०

ह्वावेको बालबालिका लक्षित स्मार्टवाच 'फाइभ एक्स' र 'फाइभ एक्स' प्रो सार्वजनिक

काठमाडौं । चिनियाँ कम्पनी ह्वावेले बालबालिकालाई लक्षित गर्दै स्मार्टवाच सार्वजनिक गरेको छ । कम्पनीले बालबालिकाको लागि १.६ इन्चको एमोलेड डिस्प्ले सहितको प्लास्टिके बनेको स्मार्टवाच 'ह्वावे किड्स वाच फाइभ एक्स' र 'ह्वावे किड्स वाच फाइभ एक्स प्रो' सार्वजनिक गरेको छ । 

दुवै स्मार्टवाचमा पछाडि पट्टी आठ मेगापिक्सेलको क्यामेरा सहित पाँच मेगापिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध छ । यी स्मार्टवाचहरू ३६० डिग्रीमा घुमाउन सकिन्छ । अन्य फिचरहरू उस्तै भएपनि फाइभएक्स प्रोमा भने घडिको पछाडि पट्टि पनि स्क्रिन छ जसले घडिको ब्याट्री टिकाउन मद्दत गर्ने कम्पनिको भनाइ छ । 

साथै यो घडिमा नानो सिमकार्ड पनि राख्न सकिन्छ । यसमा वाइफाइ कनेक्टिभिटिसँगै ब्लुटथ ४.२ को सुविधा पनि उपलब्ध छ । यी दुवै स्मार्टवाचमा एक जीबीको र्‍याम र आठ जीबीको स्टोरेज छ । 

चिनियाँ बजारमा फाइभएक्स प्रोको मूल्य १,९८९ युआन (करिब ३८ हजार) छ भने फाइभएक्स वाचको मूल्य १,५९८ युआन (करिब ३० हजार पाँचसय ) छ । 

 

पछिल्लो अध्यावधिक: मंसिर २४, २०७९ १६:०