close

यस्तो छ १४ हजार रुपैयाँ पर्ने 'रेड्मी ए वन प्लस' स्मार्टफोन

टेकपाना टेकपाना

पुस १, २०७९ १५:२०

काठमाडौं । साओमीले नेपाली बजारमा ‘ए’ सिरिज अन्तर्गत सस्तो मूल्यकाे फाेन 'रेड्मी ए वन प्लस’ (Redmi A1 plus) बिक्री गर्दै आएको छ । याे फोनमा ६.५२ इन्चको रंगीन डिस्प्ले समावेश गरिएको छ ।

मिडियाटेक हेलियो ए२२ चिपसेट र एन्ड्रोइड १२ (गाे एडिसन) मा आधारित फाेन ब्ल्याक, लाइट ग्रीन, लाइट ब्लु गरी तीन फरक कलर भेरियन्टमा उपलब्ध छ ।

फोनमा ८ मेगापिक्सेलको डुअल एआई क्यामेरा रहेको छ । भने, सेल्फीका लागि ५ मेगापिक्सेलको क्यामेरा रहेको छ ।

३ जीबी र्‍याम र ३२ जीबी इन्टर्नल स्टाेरेजमा उपलब्ध फाेनकाे मूल्य १३ हजार ९९९ रुपैयाँ ताेकिएकाे छ ।

पछिल्लो अध्यावधिक: पुस १, २०७९ १५:२६