close

ट्राफिक नियम उल्लङ्घन गर्ने ४५६ सवारी धनीबाट एक महिनामै साढे ३ लाख जरिवाना असुल

टेकपाना टेकपाना

पुस १, २०७९ १७:१

ट्राफिक नियम उल्लङ्घन गर्ने ४५६ सवारी धनीबाट एक महिनामै साढे ३ लाख जरिवाना असुल

काठमाडौं । गत मंसिर महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने ४५६ सवारीधनीलाई कारबाही गरिएको छ । यातायात व्यवस्था विभागले आफ्नो नियमन अनुगमनका क्रममा विभिन्न ठाउँमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीधनीलाई कारबाही गरिएको जानकारी दिएको छ ।

कारबाही गर्ने क्रममा नियम उल्लङन गरेबापत सवारीचालक अनुमतिपत्र १०१ ओटा तथा सवारी दर्ता किताब र सवारी इजाजत पत्र ३५५ ओटा नियन्त्रणमा लिइएको विभागले जनाएको छ । विभागका अुनसार नियम उल्लङ्घन गर्ने सवारीधनी तथा सवारीचालकबाट ३ लाख ४८ हजार ७५० रूपैयाँ जरिवाना असुल गरिएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा नियमावली २०५४ तथा यातायात व्यवस्थापन कार्यविधि २०६० (संशोधित) बमोजिम विभागबाट ट्राफिक नियमको पालन भए/नभएको सम्बन्धमा नियमित रूपमा सवारी अनुगमन हुनुपर्ने व्यवस्था छ ।

पछिल्लो अध्यावधिक: पुस २, २०७९ ९:५४