close

सिद्धार्थ, माछापुच्छ्रे र राष्ट्रिय वाणिज्य बैंक खल्तीमा लिङ्क गर्ने सेवा अवरुद्ध

टेकपाना टेकपाना

पुस ३, २०७९ १०:३७

सिद्धार्थ, माछापुच्छ्रे र राष्ट्रिय वाणिज्य बैंक खल्तीमा लिङ्क गर्ने सेवा अवरुद्ध

काठमाडौं । खल्तीका प्रयोगकर्ताले केही समयका लागि आफ्नो अकाउन्टमा केही बैंकका खाताहरू लिङ्क गर्न नपाउने भएका छन् । 

डिजिटल वालेट खल्तीमा केही समयका लागि सिद्धार्थ, माछापुच्छ्रे र राष्ट्रिय वाणिज्य बैंकका सेवाहरू अवरुद्ध हुने भएका छन् । कम्पनीले एक सूचना जारी गर्दै सेवा अवरुद्ध हुने विषयमा जानकारी दिएको हो । प्राविधिक सुधारका लागि यी बैंकका खाताहरू खल्तीमा लिङ्क गर्ने सेवा केही समयको लागि प्रभावित हुने कम्पनीले जनाएको छ । यद्यपि यो समस्या कति समयसम्म रहनेछ भन्ने विषयमा भने कम्पनीले केही खुलाएको छैन । 

"सामान्य प्राविधिक सुधारका कारण सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक र राष्ट्रिय बाणिज्य बैंकको खल्तीमा नयाँ बैंक लिङ्क सेवा अर्को सुचना प्रकाशित नभएसम्मका लागि अवरुद्ध भएको जानकारी गराउन चाहन्छौं," सूचनामा उल्लेख गरिएको छ । 

पछिल्लो अध्यावधिक: पुस ३, २०७९ १०:३९