close

अर्को महिना सार्वजनिक हुँदै भिभो एक्स नाइन्टि, के के छन् विशेषता

टेकपाना टेकपाना

पुस ३, २०७९ १३:४३

अर्को महिना सार्वजनिक हुँदै भिभो एक्स नाइन्टि, के के छन् विशेषता

काठमाडौं । चिनियाँ बजारमा गत महिना मात्र सार्वजनिक भएको भिभो एक्स नाइन्टि अब भने विश्वबजारका लागि सार्वजनिक हुने भएको छ । कम्पनीले सामाजिक सञ्जालमा एक पोस्टर सार्वजनिक गर्दै भिभो एक्स नाइन्टि सिरिजका फोनहरू विश्वबजारका लागि उपलब्ध हुने मिति सार्वजनिक गरेको हो । कम्पनीका अनुसार भिभो एक्स नाइन्टि, एक्स नाइन्टि प्रो र एक्स नाइन्टि प्रो प्लस  २०२३ को जनवरी ३१ तारिखमा सार्वजनिक हुनेछ । 

यो सिरिजको सबैभन्दा उत्कृष्ट फोनको रुपमा भिभो एक्सनाइन्टि प्रो प्लसलाई लिएको छ । यसमा स्न्यापड्रागन ८ जेन २ एसओसी चिपसेट प्रयोग गरिएको छ । फोनमा ट्रिपल क्यामेरा सेट छ जसमा मुख्य क्यामेरा ५० मेगापिक्सेलको छ भने ४८ मेगापिक्सेलको अल्ट्रावाइड, ५० मेगापिक्सेलको टेलिफोटो र ६४ मेगापिक्सेलको पेरिस्कोप सेन्सर उपलब्ध छ । 

सेल्फिको लागि भने ३२ मेगापिक्सेलको क्यामेरा छ । त्यस्तै गरी फोनमा १२० हर्जको ६.७८ इन्चको डिस्प्ले राखिएको छ ।  फोनमा १२ जीबी र्‍याम सहित ५१२ जीबीको स्टोरेज उपलब्ध छ । त्यस्तै गरि फोनमा ४,७०० एमएएचको ब्याट्री राखिएको  छ । फोनको मूल्य भने बजारमा उपलब्ध हुने बेला नै तय हुने बताइएको छ । 

पछिल्लो अध्यावधिक: पुस ३, २०७९ १३:४३