close

विश्वकप फुटबल प्रसारण भएको च्यानल हिमालय प्रिमियम तीन महिनासम्म निशुल्क हेर्न सकिने

टेकपाना टेकपाना

पुस ६, २०७९ १०:११

विश्वकप फुटबल प्रसारण भएको च्यानल हिमालय प्रिमियम तीन महिनासम्म निशुल्क हेर्न सकिने

काठमाडौं । विश्वकप फुटबल प्रसारण भएको हिमालय प्रिमियम च्यानल थप तीन महिनासम्म निशुल्क हेर्न सकिने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै फिफा विश्वकप २०२२ का लागि हिमालय प्रिमियम च्यानलका ग्राहकहरूले निशुल्क तीन महिनासम्म उक्त च्यानल हेर्ने पाउने बताएको छ । 

च्यानलका ग्राहकलाई धन्यवाद दिदैँ कम्पनीले यस्तो घोषणा गरेको हो । निशुल्क रुपमा प्रसारण हुने च्यानलमा विश्वकपका महत्त्वपूर्ण खेलको पुन: प्रसारण देखाइनेछ । साथै अन्य विभिन्न प्रिमियम कन्टेन्टहरू पनि प्रसारण हुने कम्पनीले जनाएको छ । 

साथै तीन महिनापछि आफ्नो सब्सक्रिप्सनलाई निरन्तरता दिन आफ्नो केबल अपरेटरलाई सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।   

पछिल्लो अध्यावधिक: पुस ६, २०७९ १०:११