close

नेपाली बजारमा रेसिन्स मिनी ईभी बिक्री हुँदै, मूल्य २५ लाख

टेकपाना टेकपाना

पुस ६, २०७९ १६:२२

नेपाली बजारमा रेसिन्स मिनी ईभी बिक्री हुँदै, मूल्य २५ लाख

काठमाडाैं । नेपाली बजारमा चिनियाँ ब्रान्ड 'रेसिन्स'काे सस्ताे मूल्यकाे विद्युतीय कार भित्रिने भएकाे छ । रेसिन्सका लागि नेपालकाे आधिकारिक वितरक जिमिनी इन्कर्पोरेट प्रालिले चाँडै नै 'रेसिन्स मिनी ईभी' भित्र्याउन लागेको हो ।

जिमिनीका निर्देशक सुवास शर्माले दिएकाे जानकारी अनुसार याे मिनी कार चीनबाट नेपालका लागि लोड गरी पठाइसकिएको र दुई हप्तासम्ममा नेपालमा आइपुग्ने छ । याे कारमा १५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ भने २३ किलोवाट आवर क्षमताको लिथियम आयन ब्याट्री दिइएको छ, जसलाई नर्मल चार्जरको सहायताबाट फुलचार्ज गर्न चारदेखि पाँच घण्टासम्म लाग्छ ।

साथै यसमा ३०० वाटको सोलार प्यानल समेत भएकाले ३० प्रतिशतसम्म ब्याट्री बचत हुने कम्पनीको दाबी छ । कारमा २३० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ, जुन नेपाली सडकका लागि उपयुक्त हुने शर्माकाे भनाइ छ ।

यो कार अधिकतम १०० किलोमिटर प्रतिघन्टाको गतिमा गुड्ने पनि उनले जनाए । नेपाली बजारमा कारकाे मूल्य २५ लाख रुपैयाँ पर्नेछ ।

पछिल्लो अध्यावधिक: पुस ६, २०७९ १६:२२