close

टेलिकमले प्रति शेयर ४० रुपैयाँ नगद लाभांश वितरण गर्ने

टेकपाना टेकपाना

पुस ७, २०७९ ९:४७

टेलिकमले प्रति शेयर ४० रुपैयाँ नगद लाभांश वितरण गर्ने

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)का शेयरधनीले प्रतिशेयर ४० रुपैयाँ प्राप्त गर्ने भएका छन् । बुधबार बसेको कम्पनीको सञ्चालक समितिको ९६७औं बैठकले कम्पनीको मुनाफा रकममध्येबाट शेयरधनीलाई प्रति शेयरका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सो निर्णयलाई आगामी पुस २८ गते बस्ने टेलिकमको १५औं वार्षिक साधारणसभामाले पारित गर्ने बताइएको छ ।

त्यस्तै साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूची उपर छलफल गरी पारित गर्नेछ ।

साधारणसभाले आर्थिक वर्ष २०७९/०८० का लागि लेखा परीक्षकसमेत नियुक्त गर्नेछ । 

पछिल्लो अध्यावधिक: पुस ७, २०७९ ९:५१