close

मेस्सीले ट्रफी उचालेको फोटोले बनायो इन्टरनेटमा सबैभन्दा धेरै लाइक पाउने रेकर्ड

टेकपाना टेकपाना

पुस ७, २०७९ १६:०

मेस्सीले ट्रफी उचालेको फोटोले बनायो इन्टरनेटमा सबैभन्दा धेरै लाइक पाउने रेकर्ड

काठमाडौं । फुटबलर लिओनल मेस्सीले इन्स्टाग्राममा राखेको फोटोले इन्टरनेटमा अहिलेसम्मकै बढी लाइक पाएको छ । यसअघि सन् २०२० मा टिकटकमा अमेरिकी गायिका बेल्ला पोर्चले अपलोड गरेको १० सेकेन्डको भिडिओले सर्वाधिक लाइक बटुलेकाे थियाे । 

आइतबार फिफा विश्वकपको फाइनलमा फ्रान्सलाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिना विश्वकप विजेता बनेसँगै मेस्सीले थुप्रै कीर्तिमान राखेका छन् । उपाधि जितेपछि मेस्सीले राखेको फोटो इन्स्टाग्राममा मात्र नभई इन्टरनेटमै सर्वाधिक बढी लाइक पाउने फोटो बनेको छ ।

उनको फोटोले ७२ घण्टाभन्दा पनि कम समयको अवधिमा नै धेरै लाइक पाउनेमा रेकर्ड राखेको हो । यो समाचार तयार पार्दासम्म (बिहीबार दिउँसो ४ बजे) मेस्सीले इन्स्टाग्राममा अपलोड गरेको फोटोले सात करोड १३ लाख बढी लाइक पाएको छ भने यसअघि विश्व रेकर्ड राखेको बेल्लाको टिकटक भिडिओले छ करोड चार लाख भढी लाइक पाएको छ ।

मेस्सीले अपलोड गरेका विभिन्न फोटोमा तीव्र गतिमा लाइक आउने क्रम जारी छ । मेस्सीको अर्को एक फोटोले इन्स्टाग्राममा अण्डाले राखेको रेकर्ड पछ्याइरहेको छ भने उनको अर्को फोटोले क्रिश्चियानो राेनाल्डोको रेकर्डलाई पछ्याइरहेको छ ।

अर्थात् इन्स्टाग्राममा सर्वाधिक बढी लाइक पाउने पहिलो, तेस्रो पाँचाैं स्थानमा मेस्सीले अपलोड गरेका भिडिओ रहेका छन् ।

इन्स्टाग्राममा सर्वाधिक बढी लाइक पाउने फोटोको दोस्रो सूचीमा अण्डाको फोटो छ भने चौंथोमा क्रिश्चियानो रोनाल्डाेले अपलोड गरेको मेस्सी र उनको फोटो रहेको छ ।

पछिल्लो अध्यावधिक: पुस ७, २०७९ १७:८