close

ई-स्पोर्ट्सलाई भारतले दियो औपचारिक मान्यता, खेलकुद मन्त्रालयले गर्नेछ व्यवस्थापन

टेकपाना टेकपाना

पुस १३, २०७९ ११:४५

ई-स्पोर्ट्सलाई भारतले दियो औपचारिक मान्यता, खेलकुद मन्त्रालयले गर्नेछ व्यवस्थापन

काठमाडौं । भारत सरकारले ई-स्पोर्ट्सलाई देशको मुख्य खेलभित्र समावेश गरेको छ । संविधानको धारा ७७ को उपधारा ३ ले दिएको अघिकारका आधारमा आवश्यक कानूनी परिमार्जन गर्दै ई-स्पोर्ट्स​लाई ‘मल्टी–स्पोर्टस् इभेन्ट’ अन्तर्गत समावेश गरेको हो ।

यसअघि सन् २०१८ मा आयोजना भएको एसियन गेममा ई–स्पोर्ट्सलाई समावेश गरेको भएपनि त्यहाँ जितेको मेडललाई गणना गरिएको थिएन । सरोकारवालाले लामो समयदेखि भारतमा ई-स्पोर्ट्सलाई मल्टी–डिसिप्लिन इन्भेन्टको पाठ्यक्रममा समावेश गर्नुपर्ने आवाज उठ्दै आएका थिए । त्यसैका आधारमा भारत सरकारले ई-स्पोर्ट्सलाई मान्यता दिएको हो ।

भारतको नयाँ व्यवस्था अनुसार अनलाइन गेमिङलाई भने सूचना प्रविधि मन्त्रालय अन्तर्गत समावेश गरिएको छ भने, खेलकुद मन्त्रालयले यसलाई आफ्नो पाठ्यक्रमभित्र समावेश गर्नेछ । भारत सरकारको यो निर्णयले ई–स्पोर्टसको विकासमा निकै ठूलो भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । 

यसका साथै आउँदो वर्ष अन्तर्राष्ट्रिय ओलम्पिक महासंघ (आईओसी) ले सिङ्गापुरमा आयोजना गर्ने 'ओलम्पिक ई–स्पोर्टस् विक'का लागि पनि यो निर्णय महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: पुस १३, २०७९ १२:४२