close

आईटी क्षेत्रमा काम गर्न चाहनुहुन्छ ? यी कुरामा ख्याल राख्नुहोस्

टेकपाना टेकपाना

पुस १४, २०७९ १३:५७

आईटी क्षेत्रमा काम गर्न चाहनुहुन्छ ? यी कुरामा ख्याल राख्नुहोस्

काठमाडौं । सूचना प्रविधि क्षेत्रको विकास र विस्तारले विश्वभर नै रोजगारीको प्रकृतिमा पनि परिवर्तन आइरहेको छ । पहिलेका परम्परागत जागिर क्रमशः हट्दैछन् भने प्रविधिमा आधारित जागिर वा अवसर सिर्जना भइरहेका छन् ।

आईटी नपढे पनि काम गर्ने संस्थामा प्रविधिको न्यूनतम ज्ञान हासिल गर्नेपर्ने आवश्यकता छ । अर्कोतर्फ आईटी क्षेत्र फराकिलो हुँदा यहाँ विभिन्न स्वरूपका अवसर सिर्जना भएका छन् । सामान्य कम्प्युटर अपरेटरदेखि सफ्टवेयर डेभलपमेन्ट र भर्चुअल रियालिटीसम्मका काम यो क्षेत्रमा भइरहेका छन् ।

विश्वमा सर्वाधिक कमाइ हुने क्षेत्रका रुपमा समेत आईटी उद्योग स्थापित भएको छ । यसर्थ भेलिको बजारको माग अनूकुल आजै जनशक्ति तयार पार्नुपर्ने आवश्यकता छ । आईटी क्षेत्रमा पर्याप्त अवसर भएपनि त्यसको सदुपयोग गर्न स्वयं मानिस र बजार तयार छ कि छैन भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।

व्यक्ति सफल हुन उसको पारिवारिक र शैक्षिक वातावरणको योगदान मात्र सबथोक हाेइन । त्यसका लागि व्यक्तिसँग धैर्य गर्नसक्ने क्षमता, प्रयोगात्मक ज्ञान, अनुकूल वातावरण र जोखिम मोल्नसक्ने क्षमता हुनु पनि त्यतिकै जरुरी हुन्छ ।

केमा छ आईटी करियर ?
अहिले आईटी कम्पनीमा जागिर खानका लागि कोडर नै बन्नुपर्ने अवस्था छैन । आईटी कम्पनीहरू विभिन्न कुरासँग समन्वय गरेर अगाडि बढिरहेका छन् ।

कम्पनीहरूले डिजाइन, ल्याङ्वेज, मार्केटिङ, स्टाटटिस्टिस एनालाइसिस र म्यानेजमेन्ट आदिसँग समन्वय गरेर अघि बढिरहेको हुनाले पनि जागिर खानका लागि आईटी नै पढ्नुपर्छ भन्ने बाध्यता छैन ।

आईटी पढ्नेहरू सफ्टवेयर इन्जिनियर मात्र नै बन्नुपर्छ भन्ने छैन । यसबाहेक गेमिङ, इन्टरफेस डिजाइन आदिमा आबद्ध भएर पनि आफ्नो सीप र सिर्जनाबाट धेरै रकम आर्जन गर्न सकिन्छ । आईटी विद्यार्थीले थुप्रै उद्योगमा काम पाउन सक्छन्, जस्तै; सफ्टवेयर उद्योग, आर्थिक संस्था, स्वास्थ्य, कर्पोरेट संस्थाहरू ।

यदि कुनै व्यक्तिले आईटीका विभिन्न क्षेत्रमा करियर बनाउन चाहन्छ भने उसले केही कुरामा ध्यान दिनुपर्छ । यो क्षेत्र एकदमै 'च्यालेन्जिङ' पनि छ, जसले गर्दा हरेक दिन अप टू डेट हुन आवश्यक छ । वास्तवमा याे क्षेत्रमा राम्रो मान्छे होइन्, मेहनती, इमानदार र लगनशील मान्छे को आवश्यकता छ । 

आईटीको सीप फराकिलाे बनाउनुहाेस्

यदि तपाईँसँग कम्प्युटर छ भने बेसिक टाइपिङ, गृहकार्य, गेम खेल्न र वेब ब्राउजिङ गर्न मात्र सीमित नहुनुहाेस् । कम्प्युटरलाई प्रयोग गर्ने  दायरा बढाउनुहोस् । 

आफूलाई इच्छा लाग्ने आईटी कामको सूची बनाउनुहोस् 

आईटी क्षेत्रमा पनि विभिन्न प्रकारका सीप भएका जनशक्ति चाहिन्छ । तपाईँ आफूलाई कुन सीपमा अगाडि बढाउन चाहनुहुन्छ, त्यो यकिन गर्न सूची बनाउने गर्नुहोस् ।

उदाहरणका लागि यदि तपाईँ कम्प्युटर गेम खेल्न मन पराउनुहुन्छ भने ‘गेम टेस्टी’ वा ‘राइटिङ गेम सफ्टवेर’ लेख्न सक्नुहुन्छ । यदि डिजाइनिङ गर्न रमाउनुहुन्छ भने ‘ग्राफिक डिजाइन’ वा ‘सफ्टवेर डिजाइन’ लेख्नुस् ​। यसैगरी इन्टरनेटले कसरी काम गर्छ र कम्प्युटर एक-आपसमा कसरी कनेक्ट हुन्छन् भन्ने कुरामा जिज्ञासा राख्नुहुन्छ भने नेटवर्क एड्मिनिस्ट्रेसन अथवा नेटवर्क डिजाइन तपाईँका लागि उपयुक्त हुनेछ । 

त्यस्तो कुरा छान्नुहाेस्, जसले तपाईँलाई खुशी बनाउँछ

आफूलाई मन परेको क्षेत्रमा हात हाल्नुभयो भने तपाईँसँग भएको सीपलाई छिट्टै विकास गर्न सक्नुहुनेछ । 

उपयुक्त मानिसहरूसँग परिचय गर्नुहाेस्

धेरै आईटी गुरुहरुले यस क्षेत्रमा लाग्न इच्छा राख्नेहरुलाई सहयोग गर्ने गर्दछन् । यसर्थ, औपचारिक कार्यक्रम तथा अनौपचारिक भेटघाटमा परिचय गर्नुहोस् र पछिका लागि सम्बन्ध बनाइराख्नुहोस् । आफ्ना घनिष्ट मित्रहरुसँग पनि घुलमिल गरिरहनु पर्छ । 

तपाईँको क्षेत्र वा अनलाइनमा हुने शैक्षिक अवसरहको खोजी गर्नुहोस् र प्रवेशको लागि आवश्यक कुराहरु के-के हुन भन्ने कुराको यकिन गर्नुहोस्

स्वःअध्ययनबाट जानेका स्किलहरुलाई कक्षाहरु लिएर अथवा सम्बन्धित डिग्री हासिल गर्नुहोस् र जब मार्केटतर्फ लाग्नुहोस्

सम्बन्धित क्षेत्रमा तपाईँले जति बढी ज्ञान हासिल गर्नुहुन्छ, भविष्यमा त्यत्ति नै बढी राम्रो कमाई पनि हुन्छ । थोरै ज्ञान हुनेहरूका लागि पनि इन्ट्रि लेभलको जब पनि हुन्छ । 

प्रोफेसनल सर्टिफिकेट लिनुहाेस्

कलेजको डिग्री हासिल नगरे पनि प्रोफेसनल सर्टिफिकेशनले तपाईँलाई आईटी क्षेत्रमा काम गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्छ । 

नाम चलेको कम्पनीमा इन्टिर्नशिप गर्नुहोस्

नाम चलेका आईटी कम्पनीहरूमा इन्टिर्नशिप गरेपछि तपाईँलाई प्रोफेसनल जब खोज्न धेरै सहज हुनेछ । 

आकर्षक रेज्युमी/सीभी तयार पार्नुहाेस् र ख्यातिप्राप्त इन्टरनेट जब साइटहरुमा राख्नुहोस् 

कामको सुरुवाती चरणमा इन्ट्री लेभल जबहरुबाट अफ्नो करिअर पनि सुरु गर्न सक्नुहुन्छ । अर्कोतर्फ आफ्नो फुर्सदको समयमा आफ्नो दक्षतालाई अझ सुधार्दै र मजबुत बनाउँदै लैजानुहाेस् । आफ्नो करिअर सम्बन्धित हार्डवेयर तथा सफ्टवेयर प्रविधि चलाउन पोख्त बन्नुहोस् ।

पछिल्लो अध्यावधिक: पुस १४, २०७९ १५:३३