close

टेलिग्राम च्याट ग्रुपमा अश्लील भिडिओ राख्दै आर्थिक लाभ लिने युवक पक्राउ

टेकपाना टेकपाना

पुस १४, २०७९ १९:५२

टेलिग्राम च्याट ग्रुपमा अश्लील भिडिओ राख्दै आर्थिक लाभ लिने युवक पक्राउ

काठमाडौं । आर्थिक लाभ लिन सामाजिक सञ्जालमा महिला तथा नाबालिकाको अश्लील भिडिओ र तस्वीर राखेको आरोपमा एक जना पक्राउ परेका छन् ।

प्रेमी-प्रेमिकाको बहानामा अनलाइन अश्लील क्रियाकलाप गर्ने र उक्त क्रियाकलापको भिडिओ तथा तस्वीरहरू गोप्य रूपमा खिची टेलिग्राममा पोस्ट गरेको भन्दै प्रहरीले धादिङ थाक्रे गाउँपालिका-७ स्थायी घर भई हाल काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-९ उमंगटोल बस्दै आएका १८ वर्षीय रोजित आले मगरलाई पक्राउ गरेको हो ।

आरोपित मगरले सामाजिक सञ्जाल टेलिग्रामका विभिन्न च्याट ग्रुपहरूमा आर्थिक लाभका लागि त्यस्ता अश्लील भिडिओ तथा तस्वीर पोस्ट गरी महिला तथा नाबालिकाहरुको चरित्रहत्या गर्ने, दुःख हैरानी दिने गरेको पाइएको साइबर ब्यूरोले जनाएको छ ।

ब्यूरोका अनुसार यस घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

पछिल्लो अध्यावधिक: पुस १४, २०७९ १९:५२