close

भोलिदेखि नेपाल टेलिकमको फाइभजी परीक्षण, निःशुल्क अनुभव गर्न पाइने

टेकपाना टेकपाना

पुस १६, २०७९ ९:१०

भोलिदेखि नेपाल टेलिकमको फाइभजी परीक्षण, निःशुल्क अनुभव गर्न पाइने

काठमाडौं । सरकारी स्वामित्वको मोबाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले भोलिदेखि फाइभजी परीक्षण सुरु गर्ने भएको छ । अङ्ग्रेजी वर्ष २०२३ को अवसर पारी कम्पनीले काठमाडौंस्थित बबरमहल र सुन्धारा क्षेत्रबाट याे सेवाकाे परीक्षण गर्न लागेकाे हो ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति पाएको करिब दुई वर्षपछि फाइभजी ट्रायल अघि बढ्न लागेको हाे । त्यसपछि क्रमशः देशका सातै प्रदेशमा फाइभजी परीक्षण गरिने टेलिकमले जनाएकाे छ । 

परीक्षण अवधिमा ग्राहकले निःशुल्क रुपमा फाइभजीको अनुभव लिन सक्नेछन् ।

प्राधिकरणले परीक्षणका लागि २६०० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ । परीक्षणबाट पत्ता लागेका कुरालाई अघि बढाउँदै त्यसबाट व्यावसायिक प्रयोजनबाट सुरु गर्ने कम्पनीकाे योजना छ ।

पछिल्लो अध्यावधिक: पुस १६, २०७९ ९:१०