close

वेब थ्री र एनएफटी विषयमा शैक्षिक परियोजना सञ्चालन गर्दै त्रिवि

टेकपाना टेकपाना

पुस १६, २०७९ ९:४७

वेब थ्री र एनएफटी विषयमा शैक्षिक परियोजना सञ्चालन गर्दै त्रिवि

काठमाडाैं । नेपालमा वेब थ्री र नन फन्जिबल टोकन (एनएफटी)बारे शैक्षिक परियाेजना सञ्चालन हुने भएकाे छ । यसका लागि हालै त्रिभुवन विश्वविद्यालय (त्रिवि), जापानी कम्पनीहरू फाेर्थ भ्याली कन्सियस कर्पाेरेसन (एफभीपी) र पिट्पा इंक (पीटीपी) तथा नेपाली कम्पनी लिड एक्सबीच सम्झाैता पत्रमा हस्ताक्षर भएकाे छ ।

शुक्रबार एक भर्चुअल मिटिङमा यी चार संस्थाका प्रतिनिधिले सम्झाैता पत्रमा हस्ताक्षर गरे । त्रिविकाे विज्ञान तथा सूचना प्रविधि विभाग अन्तर्गत रहने याे परियाेजना वेब थ्री र एनएफटीबारे विश्वकै पहिलाे भएकाे विभागका प्रमुख सर्विन सायमीले बताए ।

उनका अनुसार विभागले यस परियोजनामा विद्यार्थी छनाेट, भर्ना, अध्यापन र प्रमाणपत्र वितरणकाे काम गर्नेछ । त्यस्तै जापानी कम्पनी एफभीपीले विद्यार्थीलाई करियरकाे अवसर र अनुसन्धान अनुदान उपलब्ध गराउनेछ भने पीटीपीले परियोजनाका लागि जापानी विश्वविद्यालय र जापान सरकारबीच समन्वय गर्नेछ ।

त्यस्तै लिड एक्सले नेपालमा एनएफटी र वेब थ्री प्रणाली स्थापना गर्न नेतृत्वदायी भूमिका खेल्ने सायमीले बताए । याे परियाेजना छाेटाे अवधिकाे तालिम सरह हुने उनकाे भनाइ छ ।

परियाेजनामा इच्छुक जाे काेही पनि भर्ना हुन सक्नेछन् । यस परियाेजनाले वेब थ्री र एनएफटी बारे विद्यार्थीकाे बुझाइ विस्तार गर्ने र आवश्यक सीप विकास गर्ने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: पुस १६, २०७९ ९:४७