close

ह्वाट्सएपमा विज्ञापन दिने कुराबाट पछि हट्यो फेसबुक

टेकपाना टेकपाना

माघ ६, २०७६ १०:३७

ह्वाट्सएपमा विज्ञापन दिने कुराबाट पछि हट्यो फेसबुक

विश्वको सबैभन्दा सुरक्षित म्यासेजिङ एपको रुपमा उदाएको ‘ह्वाट्सएप’ मा विज्ञापन आउने विषय हाललाई रोकिएको छ । फेसबुकको स्वामित्वमा रेहको ह्वाट्सएपमा कम्पनीले विज्ञापन दिने विषय कुनै समय चर्चामा रहेको थियो ।

ह्वाट्एसमा विज्ञापन आउने भएपछि सुरक्षाको हिसाबले कमजोर हुने आकलन गरिरहेकै बेला फेसबुक त्यसबाट पछि हटेको प्रतिवेदन सार्वजनिक भएको छ । ह्वाट्सएपबाट कुनै आम्दानी नभएपछी फेसबुकले विज्ञापन दिने विषयलाई अघि बढाएको थियो ।

सुरुमा पेड म्यासेजिङ एसको रुपमा सुरु गरिएको ह्वाट्सएपलाई पछि वार्षिक सस्क्राइभ गरेर प्रयाेग गर्न सकिने व्यवस्था गरिएको थियो । जब सन् २०१४ मा फेसबुकले ह्वाट्सएपलाई खरिद गर्‍यो र यसको प्रयोगकर्ता एक अर्ब पुगेसँगै फेसबुकले यसलाई निशुल्क बनाएको थियो ।

यसरी अर्बौको संख्यामा प्रयोगकर्ता हुँदापनि ह्वाट्सएपबाट कुनै आम्दानी नभएपछी सन् २०१८ मा आएर विज्ञापन दिने योनजा कम्पनीले अघि सारेको थियो । कम्पनीका उपाध्यक्ष क्रिस ड्यानिएल्सले ह्वाट्सएपमा हाल फेसबुक र इन्सटाग्राममा जस्तै विज्ञापन दिने तयारीमा रहेको सुनाएका थिए ।

तर, ह्वाट्सएपका संस्थापक ब्रायन एक्टन भने विज्ञापन दिने विषमा प्रतिवादन गर्दै आएका थिए । यसै विषयलाई लिएर उनले कम्पनीबाट राजिनामा समेत दिएको बताईन्छ । तर, फेसबुकको पछिल्लो प्रतिवेदन अनुसार ह्वाट्सएपमा विज्ञापन दिने विषयबाट पछि हटेको र उसले ह्वाट्सएपको मनीटाइजेशनमा काम गरिरहेका कर्मचारीलाई व्यवस्थापन गरिरहेकाे उल्लेख छ ।

एजेन्सी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१