close

आर्टिफिसियल इन्टेलिजेन्स र डिजिटलाइजेशनमा क्यानले ध्यान दिनुपर्छ : प्रम ओली

टेकपाना टेकपाना

माघ १०, २०७६ १७:३१

आर्टिफिसियल इन्टेलिजेन्स र डिजिटलाइजेशनमा क्यानले ध्यान दिनुपर्छ : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको प्रयोग गरेर उत्पादकत्व वृद्धि गरी अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने सरकारको नीति तथा लक्ष्य रहेको बताएका छन् ।

कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) को प्रतिनिधिमण्डलसँग शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले प्राकृतिक तथा मानवीय जायज आकांक्षा पूर्ति गर्नका लागि आर्टिफिसियल इन्टेलिजेन्स, डिजिटलाइजेशन आवश्यक रहेको र त्यसका लागि क्यान महासंघले नेतृत्व लिनुपर्ने बताए ।

उनले तिब्र गतिको विकास र उच्चस्तरको वृद्धि हासिल गर्नका लागि सूचना प्रविधिको प्रयोग अपरिहार्य भएको बताएका छन् । ‘हाम्रो सोच सकारात्मक र दूरगामी हुनुपर्छ र त्यसलाई हासिल गर्नका लागि सूचनाप्रविधि तथा इनोभेसनको विकासमा ध्यान दिनुपर्छ । डिजिटल नेपाल फ्रेमवर्क त्यसैका लागि ल्याइएको हो,’ प्रधानमन्त्री ओलीले भने, ‘समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय संकल्प पूरा गर्न पनि सूचनाप्रविधिको विकासको विकल्प छैन ।’

त्यस्तै क्यान महासंघका अध्यक्ष नवराज कुँवरले रचनात्मक र सुधारोन्मुख प्रविधि विकास एवं आर्टिफिसियल इण्टेलिजेन्स तथा इण्टरनेट अफ थिङ्स जस्ता प्रविधिमा सरकारको सहयोग आवश्यक रहेका बताएका छन् ।

क्यान महासंघले सूचना प्रविधिको संस्थागत विकास, सूचना तथा सञ्चार प्रविधि विधेयक, डिजिटल नेपाल फ्रेमवर्क, सूचना तथा सञ्चार प्रविधि नीति, ब्रोडब्याण्ड नीति, सूचनाप्रविधिका उपकरण आयात निर्यात, सफ्टवेयर उद्योगको विकास र डिजिटल शिक्षाको प्रवद्र्धनलगायत विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१