close

टेलिकमले ल्यायो अहिलेसम्मकै ठूलो प्याक, तीन हजारमा ६० जीबी डेटा

टेकपाना टेकपाना

माघ २२, २०७६ १०:४२

टेलिकमले ल्यायो अहिलेसम्मकै ठूलो प्याक, तीन हजारमा ६० जीबी डेटा

नेपाल टेलिकम बुधबार कम्पनीमा रुपान्तरण भएको १६ बर्ष पूरा हुँदैछ । यो अवसरमा कम्पनीले आफ्ना ग्राहकलाई नयाँ सुविधा समेत सार्वजनिक गरेको छ । टेलिकमले आफ्ना डेटा प्रयोगकर्ताका लागि अहिलेसम्मकै ठूलो डेटा प्याक सार्वजनिक गरेको छ ।

जस अनुसार ६ महिनासम्म प्रयोग गर्न पाइने ६० जीबी डेटा प्याक रहेको छ । यसको मुल्य कम्पनीले तीन हजार रुपैयाँ तोकेको छ । त्यस्तै १६ सय रुपैयाँमा तीन महिना प्रयोग गर्न पाउने ३० जीबी डेटा प्याक पनि कम्पनीले ल्याएको छ ।

बिहान ६ बजेदेखी बेलुका ६ बजेसम्म प्रयोग गर्न सकिने २ सय एमबी डेटा प्याकको सुविधा पनि कम्पनीले आफ्ना ग्राहकका लागि घोषणा गरेको छ । जसको मूल्य १५ रुपैयाँ मात्र छ ।

त्यस्तै कम्पनीले मोबाइल रिचार्जमा पनि अफर ल्याएको छ । जस अनुसार दुई सय र दुई सय भन्दा माथिको रिचार्जमा ग्राहकले दुई सय एमबी डेटा निशुल्क पाउने छन् । भने, पाँच सय र पाँसय भन्दा माथि ९ सय ९९ सम्मको रिचार्जमा पाँच सय एमबी डेटा निशुल्क प्रदान गरिन कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार हजार भन्दा माथिको रिचार्जमा हजार एमबी डेटा निशुल्क प्रदान गरिने छ । यो योजना बुधबारबाट सुरु भएर शुक्रबारसम्म चल्ने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०