close

विश्वकप क्रिकेट लिग टुको मुख्य प्रायोजकमा डिशहोम

टेकपाना टेकपाना

माघ २२, २०७६ १७:२३

विश्वकप क्रिकेट लिग टुको मुख्य प्रायोजकमा डिशहोम

काठमाडौं । डिसहोम नेपालको घरेलु मैदानमा भइरहेको पहिलो त्रिकोणात्मक क्रिकेट सिरिजको मुख्य प्रायोजक बनेको छ । एकदिवसीय मान्यता पाएपछि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी यो खेल माघ २९ गतेसम्म चल्ने छ ।

नेपाल सहित ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दैछन् जसमा कूल ६ खेल हुनेछन् । हरेक टोलीले प्रत्येक देशसँग दुई–दुई खेल खेल्नेछन् ।

नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते खेल्नेछ भने तेस्रो खेलमा नेपालले ओमानसँग माघ २६ गते खेल्नेछ । त्यसैगरी नेपाले आफ्नो अन्तिम खेल अमेरिकासँग माघ २९ मा खेल्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०