close

ल्यापटप चलाउँदा कहिल्यै नगर्नुहोस् यस्ता गल्ती

टेकपाना टेकपाना

फागुन २, २०७६ १०:४६

ल्यापटप चलाउँदा कहिल्यै नगर्नुहोस् यस्ता गल्ती

ल्यापटप आफैमा एउटा ठूलो लगानी हो । तर ल्यापटप चलाउने हाम्रो कतिपय नराम्रो बानीले यसलाई छिट्टै बिगार्छ । यसलाई सुरक्षित र लामोसमय टिकाइराख्न राख्न चाहनुहुन्छ ? 

ल्यापटपलाई कहिल्यै पनि काखमा नराख्नुहोस् । यस्तो बानीले तपाईको ल्यापटपको लाइफस्पानलाई घटाउने काम गर्छ । कम्प्युटरको प्रोसेसर यसको मस्तिष्क हो । यसलाई तात्न दिनु हुँदैन । यो तात्यो भने कम्प्युटर चाँडै बिग्रिने हुन्छ । प्रोसेसरको फ्यान ल्यापटपको तल्लो भागमा हुने हुँदा काखमा राख्दा त्यो तातिन्छ । 

सामान्यतया हामीहरु ल्यापटपलाई स्क्रिनपट्टिको भागबाट समाउने गर्छौं । तर यो बानी नराम्रो हो । आफ्नो ल्यापटपलाई सुरक्षित राख्न चाहानुहुन्छ भने ल्यापटपलाई त्यसरी उचाल्ने वा समाउने गर्नु हुँदैन । 

आफ्नो ल्यापटपलाई सधै ल्यापटप ब्यागमै बोक्ने गर्नुपर्छ । ल्यापटप ब्यागमा विशेष केश हुन्छ जसमा ल्यापटप राख्दा त्यसको संवेदनशिल भागहरु सुरक्षित रहन्छन् । 

ल्यापटपमा कहिल्यै पनि एन्टिभाइरस इन्स्टल गर्न भुल्नु हुँदैन । यसले सिस्टममा आउने सुरक्षा कमजोरीबाट जोगाउँछ । 

ल्यापटपमा कहिल्यै पनि एकैपटक धेरै ट्याबहरु खोल्नु हुँदैन । यसले ल्यापटपमा भार पर्न जान्छ । यसकारण तपाईले ल्यापटपमा सधैं सिमित ट्याबहरु मात्रै खोल्ने बानी बसाउन जरुरी छ । 

कम्प्युटरमा कहिलेकाँही समस्या देखापरे त्यसलाई रिसेट गर्नुहोस् । विन्डोज १० मा सेटिङमा गएर अपडेट एण्ड सेक्युरिटीबाट रिकभरीमा जानुहोस् ।

त्यसबाट रिसेट दिस पिसी लेखिएको स्थानमा क्लिक गर्नुहोस् । यसो गर्दै गर्दा तपाईंले आफ्नो फाइलहरु, डकुमेन्ट तथा फोटोहरु गुमाउने जोखिम भने रहन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१