close

एनआईसी एसियाको कार्डबाट फूडमाण्डुको पैसा तिर्दा १० प्रतिशत क्यासब्याक

टेकपाना टेकपाना

फागुन २, २०७६ १५:५९

एनआईसी एसियाको कार्डबाट फूडमाण्डुको पैसा तिर्दा १० प्रतिशत क्यासब्याक

एनआईसी एसिया बैंककाे कार्डबाट फूडमाण्डुको अर्डरको भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक पाइने भएको छ । बैंकले फूडमाण्डुबाट खाजा तथा खानाको अनलाइन अर्डरमा आकर्षक छूट दिने भएको हो ।

भिषा कार्ड प्रयोग गर्दै आएको बैंकले आफ्नो कार्डको प्रवर्द्धन गर्न तथा आफ्ना ग्राहकलाई विभिन्न आकर्षक सुविधा दिँदै आएको छ । बैंकले भिषा नेटवर्कमा आवद्ध कुनै पनि बैंकको एटीएममा आफ्नो एटीएम कार्ड प्रयोग गर्दा कुनै पनि शूल्क नलाग्ने समेत बनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१