close

इन्टरनेट सुरक्षित बनाउन के गर्ने ?

टेकपाना टेकपाना

फागुन २, २०७६ १०:१०

इन्टरनेट सुरक्षित बनाउन के गर्ने ?

ललितपुर । चाइल्डसेफनेटले ‘सुरक्षित इण्टरनेट दिवस – २०२०’ का अवसरमा ‘राम्रो इण्टरनेटका लागि हातेमालो’ नाराका साथ सुरक्षित सूचना प्रविधि सम्बन्धी चेतनामूलक कार्यक्रम आयोजना गरेको छ । बालबालिका तथा युवाका लागि सुरक्षित सूचना प्रविधिको क्षेत्रमा कार्य गर्दै आएको उक्त संस्थाले बिहीबार पाटन दरबार स्क्वायरमा सचेतनामुलक कार्यक्रम आयोजना गरेको हो ।

स्थानीय खुला डबलीमा सार्वजकि रुपमा आयोजना गरिएको उक्त कार्यक्रममा चाइल्डसेफनेटका अध्यक्ष अनिल रघुवंशीले आजको डिजिटल युगमा तीव्रताका साथ अगाडि बढिरहेको सूचना तथा सञ्चार प्रविधिले सकारात्मकसँगै नकारात्मक र डरलाग्दा प्रभाव समेत पारिरहेको बताए । ‘बालबालिका तथा युवा वर्गलाई यसका नकारात्मक प्रभावबाट बचाउन सरकारी तथा निजी क्षेत्रले बेलैमा सजगता तथा सक्रियता अपनाउनु नितान्त आवश्यक छ,’ उनले भने ।

इण्टरनेटमा बालबालिकाको अश्लील चित्र र भिडियो देखिएमा रिपोर्ट गर्न चाइल्डसेफनेटले इण्टरनेट वाच फाउण्डेसनसँग सहकार्य सुरु गरेको जानकारी दिँदै रघुवंशीले अनलाइनमार्फत जततउकस्ररचभउयचत।ष्धा।यचन।गपरलउ नेपाली भाषामै बेनामे उजुरी गर्न सकिने जानकारी दिए ।

कार्यक्रममा प्रहरी निरीक्षक उमेश साहले सूचना प्रविधिको दुरुपयोगका कारण साइबर अपराध बढ्दै गएको बताए । ‘यसको नियन्त्रणका लागि नेपाल प्रहरीको केन्द्रिय साइबर ब्यूरो कार्यरत छ,’ उनले भने । कार्यक्रममा सिविन नेपालका माधव लोहनीले बाल हेल्पलाइन १०९८ मा निःशुल्क फोन गरी अनलाइन यौन दुव्र्यवहार एवं शोषण, साइबर बुलिङ्ग, छलकपट (फिसिङ्ग) तथा सेक्स्टोर्सन जस्ता घटनाको रिपोर्ट गर्न सकिने जानकारी दिए ।

साइबर सुरक्षासम्बन्धि चेतना अभिवृद्धि गर्ने, बालबालिका तथा युवाको संलग्नतामा उनीहरूकै लागि काम गर्न विभिन्न संस्थाहरूबीच सामूहिक शक्ति विकास गर्ने र अनलाइन सुरक्षा प्रदान गर्न जिम्मेवार व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सुरक्षित इन्टरनेट दिवस प्रत्येक वर्ष विश्वका एक सय पचासभन्दा बढी देशमा आयोजना हुँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१