close

कोरोनाका कारण आईफोनको उत्पादन आधा घट्यो, आईफोन नाइनमा ढिलाइ

टेकपाना टेकपाना

फागुन १२, २०७६ १६:३५

कोरोनाका कारण आईफोनको उत्पादन आधा घट्यो, आईफोन नाइनमा ढिलाइ

एजेन्सी । एप्पलले सस्तो फोनको रुपमा आईफोन नाइन सार्वजनिक गर्ने जनाएको थियो । तर, चीनबाट फैलिएको नोवल कोरोना भाइरसका कारण उक्त फोन विश्व बजारमा सार्वजनिक हुन ढिला हुने भएको छ ।

यसअघि कम्पनीले उक्त फोन आउँदो मार्च महिनामा सार्वजनिक गर्ने बताएको थियो । तर, कोरोना भाइरसका कारण कम्पनीको चीनमा रहेको उत्पादन कम्पनी बन्द भएसँगै त्यसको असर उक्त फोनमा परेको हो ।

एप्प्लको चीनमा रहेको उत्पादन कम्पनी बन्द हुँदा आईफोनको उत्पादन क्षमता आधाले घटेको छ । जसका कारण कम्पनीले सार्वजनिक गर्ने समय सारेको हो ।

कम्पनीले अब कहिले र कहाँ सार्वजनिक गर्ने भन्ने विषयमा कुनै जानकारी दिएको छैन । तर, आईफोन नाइन पूर्व निर्धारित समयमा सार्वजनकि नहुने जनाइसकेको छ ।

कम्पनीका अनुसार फ्रेब्रुअरीकाे अन्त्यबाट चीनमा रहेको उत्पादन कम्पनी आधा सञ्चालनमा ल्याइने र मार्चबाट ८० प्रतिशत उत्पादन सुरु गरिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०