close

मोबाइल एपबाटै यसरी भगाउनुहोस्, आफ्नो वरपरका लामखुट्टे

टेकपाना टेकपाना

फागुन १२, २०७६ १६:२३

मोबाइल एपबाटै यसरी भगाउनुहोस्, आफ्नो वरपरका लामखुट्टे

काठमाडौं । गर्मीयाममा लामखुट्टे भगाउन हामी प्रायजसो धुप र लिक्विड बाल्ने गर्छाैं । यसबाट आउने गन्धले लामखुट्टे भाग्ने गर्छ । बजारमा लामछुट्टे भगाउने गरी आवाज निकाल्ने इलेक्ट्रिक डिभाइस पनि पाइन्छ ।

तर, स्मार्टफोन प्रयोगकर्ताले भने मोबाइल एपबाटै लामखुट्टे भगाउन सक्छन् । अधिकांश एपमा प्रयोग भएको प्रविधि भनेको अल्ट्रा साउण्ड नै हो । यस्तो आवाज मानिसहले सुन्न सक्दैनन्, तर लामखुट्टेसहित किराहरुले सुन्छन् ।

लामखुट्टेलाई यसको आवाज मन पर्दैन, जसरी मानिसलाई लामखुट्टेको आवाज मनपर्दैन । एन्ड्रोइड स्मार्टफोनमा यस्ता खालका धेरै एप छन् । जसले लामखुट्टे भगाउन सहयोग गर्छन् ।

यस्ता एप अफलाइन चलाउन मिल्छ र आवाजको माध्यमबाट लामखुट्टे धपाउन सकिन्छ । आईओएस डिभाइसमा पनि एन्टी मस्क्युटो सोनिक रिपेलरसहितका एपहरु छन् ।

छोटाे समयको लागि लामखुट्टे धपाउन यस्तो एप उपयोगी हुनसक्छ । तर, लामो समयसम्म धपाउनको लागि भने चार्जरसँगै राख्नुपर्ने हुन्छ । यी एपले निकाल्ने आवाजले मानिसलाई धेरै डिस्डर्ब गर्दैनन् । तर लामखुट्टेलाई यस्तो आवाज मन नपर्ने भएकाले वरपर आउँदैन ।

प्रयोगकर्ताले एन्ड्रोइडको प्ले स्टोर र आईओएसको एप स्टोरमा मस्क्युटो रिपेलर (mosquito repeller) टाइप गर्दा यस्ता एपहरुको सूची देख्न पाइन्छ । तीमध्ये धेरै प्रयोगकर्ताले प्रयोग गरेका र राम्रो रेटिङ भएका एप डाउनलोड गर्दा पछुताउनु पर्दैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०