close

फाइभजीले रोजगारीलाई कस्तो प्रभाव पार्ला ?

टेकपाना टेकपाना

फागुन १६, २०७६ १:३४

फाइभजीले रोजगारीलाई कस्तो प्रभाव पार्ला ?

एजेन्सी । प्रविधिले काम गर्ने हाम्रो परम्परागत शैलीलाई ध्वस्त बनाउने कुरामा कुनै शंका छैन । हालै विकास भएको पछिल्लो मोबाइल प्रविधि फाइभजीले पनि हाम्रो काम कारावाहीलाई अवश्य पनि दख्खल दिनेछ । यसबाट के परिवर्तन हुन्छ ? र यसबाट प्रविधिसम्बन्धि काम गर्ने व्यक्तिहरु चिन्तित हुनुपर्ला त ?

अहिले फाइभजी हामीसँग नजिक आउँदै छ । नयाँ दशकमा प्रवेश गर्दै गर्दा फाइभजी प्रविधि हालसम्मकै सबैभन्दा ठूलो परिवर्तनकारी प्रविधिको रुपमा देखिएको छ । 

सुरुवाती चरणमा सोचिएभन्दा तीब्रगतिमा यो प्रविधि विकास भइरहेको छ । यसर्थ हामीले सोचेभन्दा कम समयमा नै धेरै मानिस तथा व्यवसायहरुको पहुँचमा यो पुग्नेछ । फाइभजीसँगै धेरै ठूला परिवर्तनहरु देखा परिरहेका छन् र यी एकदमै तीब्रगतिमा आइरहेका छन् । 

फाइभजीमाथि हुने अधिकांश अन्तरक्रिया तथा छलफलहरुले विश्वको व्यवसाय गर्ने तरिकामा कसरी प्रभाव पार्छ र उपभोक्ताहरुले प्रविधिसँग कसरी अन्तरक्रिया गर्छन् भन्ने कुरामा केन्द्रीत छन् । यसरी हेर्दा फाइभजीले सबैभन्दा ठूलो असर गर्ने मूल समूह श्रमिक कामदार नै हुनेछन् । 

फाइभजीले धेरै उद्योगहरुमा ठूलो परिवर्तन ल्याउने भनिएको छ । यस्तो परिवर्तन विजनेस चेनको सबै तह र तप्कामा देख्न सकिन्छ । यसको अर्थ प्रविधिसँग काम गर्ने हरेक हेल्पडेस्क देखि ओईएम फ्याक्ट्री फ्लोरसम्म सबैले फाइभजीको परिवर्तनलाई अनुभव गर्नसक्छन् । 

फाइभजीले तपाइको कामलाई कसरी प्रभावित पार्छ ?

गार्टनरमा मोबाइल इन्टरप्राइजका विश्लेषक रहेका बिल मेनेजिज भन्छन्, तपाईंलाई लाग्छ कि लाग्दैन, तर फाइभजीको प्रभाव तपाईंले गर्ने निश्चित कामको प्रकृतिमा भर पर्छ । 

मेनेजिज अगाडि भन्छन्, ‘केही व्यवसायहरुका लागि फाइभजी एकदमै परिवर्तनकारी हुनेछ ।’ विभिन्न किसिमका व्यवसायहरुले विभिन्न तरिकामा फाइभजीलाई आत्मसाथ गर्नेछन् । केहीका लागि फाइभजीले खासै परिवर्तन नल्याउला तर केहीका लागि भने ठूलै परिवर्तनकारी सावित हुनेछ । 

उदाहरणका लागि सवारीसाधनको डिलरसिपलाई नै हेर्ने हो भने पनि गाडीहरु मर्मत गर्ने मेकानिकहरुले पनि एआर चस्मा प्रयोग गर्न सक्नेछन् । अब आईटीले फाइभजी सेलुलर नेटकवर्क जोडिएको वास्तविक चस्मालाई सपोर्ट गर्नेछ । 

फाइभजीलाई लिएर मेनेजिजको सबैभन्दा ठूलो अनुमान के छ भने हामीले अहिलेसम्म यसको आदर्शपूर्ण प्रयोगबारे सोचेका छैनौं । जब फोरजी आएको थियो, तब कसैले उबर जस्तो एप आउने कल्पना गरेका थिएनन् । यसको महत्पूर्ण प्रयोग देखा पर्नु अघि यसले प्रविधिसँग परिचित गराएको थियो ।

फाइभजीसँग परिचित हुन अझै समय लाग्ने मेनेजिज बताउँछन् । फाइभजीको व्यापक विस्तार हुन अझै पाँचदेखि सात वर्षसम्म समय लाग्नेछ । निजी फाइभजी नेटवर्क विभिन्न प्रयोजनका लागि उद्योगहरुमा देखिन थालिसकेका छन् । र व्यवसाय कसरी सञ्चालन भइरहेको छ भन्ने कुरामा पनि फरक पार्नेछ । 

भविष्यका लागि तयारी 

फाइभजीको अन्वेषणमा आधारित प्रयोग हुन अझै वर्षौं बाँकी छ । फाइभजीले औषत प्रविधि प्रयोग गर्ने मान्छे र आईटी प्रोफेसनलहरुमा कसरी परिवर्तन ल्याउँछ भन्ने कुराको अहिले नै निर्क्यौल गर्न गाह्रो छ । यसको अर्थ तपाईं अहिले नै तयारी गर्नसक्नु हुँदैन भन्ने चाहिँ होइन । 

मेनेजिज फाइभजीको पूर्वाधारमाथि अध्ययन गर्न पर्याप्त समय खर्चन सल्लाह दिन्छन् । नयाँ पुस्ताको वायरलेस नेटवर्क कसरी बनेको छ भन्ने कुरा थाहा पाए यसलाई कस्ता निश्चित प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ भन्ने कुरा थाहा पाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०