close

आईफोनमा यसरी हेर्नुहोस् एपमा खर्च भएको आफ्नो समय

टेकपाना टेकपाना

फागुन १७, २०७६ ९:२७

आईफोनमा यसरी हेर्नुहोस् एपमा खर्च भएको आफ्नो समय

एजेन्सी । हामी हाम्रो धेरै समय फोनमा बिताउछौं । एउटा एपमा हामीले दिनमा वा हप्तामा कति समय बिताउँछौं भन्ने कुरा थाहै हुँदैन । थाहा पाएको खण्डमा यसले तपाईंलाई चकित पनि तुल्याउन सक्छ । 

अब तपाईंले इच्छाएको खण्डमा यो कुरा थाहा पाउन सक्नुहुनेछ । आईओएसले तपाईंको लागि यो सुविधा दिदैँछ । कुन एपमा तपाईं आफ्नो अधिकांश समय बिताउनु हुन्छ भन्ने जिज्ञासा मेटाउनका लागि सबैभन्दा पहिले तपाईं सेटिङ एप नजिक रहेको स्क्रिन टाइम सेटिङमा जानुहोस् । 

उक्त मेनुमा गइसकेपछि तपाईंले एउटा चार्ट देख्नसक्नुहुन्छ जहाँ फोन प्रयोगको दैनिक औषत समय देखाइन्छ । उक्त चार्जको तलतिर तपाईंले ‘सी अल एक्टिभिटी’ भन्ने अप्सन देख्नु हुनेछ । त्यसलाई छनौट गर्नुहोस् । 

यो सेटिङले तपाईंलाई दोस्रो चार्ट पनि देखाउँछ । जसमा दिन र हप्ताको स्क्रिन टाइम देखाइएको हुन्छ । यो चार्टले भने तपाईंलाई विभिन्न शिर्षक देखाउनेछ । उदाहरणका लागि सोसल नेटवर्किङ तथा मनोरञ्जनमा तपाईंले विताउने समय डिस्प्ले गरिदिन्छ । त्यसको तलतिर अधिकांश प्रयोग हुने एपको सूची देख्न सकिन्छ । 

सबै एपको छेउमा प्रयोग गरिने समय पनि देखाइएको हुन्छ । यसअलावा त्यस अघिका दिन र हप्ताहरुको डेटा पनि हेर्न सकिन्छ । अर्को दोस्रो तरिका ब्याट्री सेटिङबाट पनि हेर्न सकिन्छ । जब तपाई| यो मेनुमा प्रवेश गर्नुहुन्छ, त्यसमा तपाईं आफ्नो फोन ब्याट्री चार्ज लेभल देख्नसुक्नुहुन्छ । वितेको २४ घण्टा वा पछिल्लो दश दिनदेखिको त्यसको डाटा थाहा पाउन सक्नुहुन्छ । 

तपाईंले यो मेनुमा तलतर्फ स्क्रोल गर्नु भयो भने एपहरुले गर्ने ब्याट्रीको खपत देख्न सक्नुहुनेछ । यसमा तपाईंले एपहरुमा आफ्नो समय कति खर्च ‍भएको छ भन्ने कुरा पनि देख्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०