close

कोरोनाका कारण रोकियो गुगल, फेसबुक, अमेजनमा अन्तरवार्ता

टेकपाना टेकपाना

फागुन २२, २०७६ १३:४६

कोरोनाका कारण रोकियो गुगल, फेसबुक, अमेजनमा अन्तरवार्ता

काठमाडौं । गुगल, फेसबुक तथा अमेजन जस्ता ठुला कम्पनीले अन्तरवार्ता रोकेका छन् ।

चीनबाट फैलिएको कोरोना भाइरसका कारण कम्पनीहरुले विभिन्न पदमा आवेदन दिएकाहरुको अन्तरवार्ता तत्कालको लागि रोक्ने निर्णय गरेका हुन् ।

त्यसमध्य अमेजन, फेसबुकले प्रत्यक्ष रुपमा लिइने अन्तरवार्ता तत्कालको लागि रोकेका छन् । भने, गुगलले आफ्नो सबै अन्तरवार्ता ‘गुगल ह्याङ्आउट’ अथवा ‘ब्लुजिन्स’ मार्फत लिने जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०