close

यस्तो बन्यो रोटरी डायल फोन सम्झाउने मोबाइल

टेकपाना टेकपाना

फागुन २४, २०७६ १९:४१

यस्तो बन्यो रोटरी डायल फोन सम्झाउने मोबाइल

एजेन्सी । आधुनिक स्मार्टफोनलाई घृणा गर्ने एकजना अन्तरिक्ष इन्जिनियरले आफ्नो लागि फरक किसिमको सेल फोन बनाएकी छिन् । जस्टिन हेप्त नाम गरेकी एकजना ३४ वर्षिया इन्जिनियरले पुरानो किसिमको रोटरी डायल भएको सेलफोन बनाएकी हुन् ।  

जस्टिनले उक्त उपकरण निर्माण गर्न आफ्नो तीन वर्ष खर्चेकी छिन् । यो फोनमा रहेको ब्याट्री ३० घण्टासम्म टिक्ने एसडब्ल्यूईएनएसमा प्रकाशित रिपोर्टमा उल्लेख छ । 

यो फोनको लम्बाई चार इञ्च छ भने चौडाई तीन इञ्च रहेको छ । यसमा एटी एण्ड टीको प्रिपेड सिम प्रयोग हुन्छ । यो फोनमा सेलफोन रेडियो पनि चल्छ । मानिसहरुले उक्त रेट्रो फोनमाथि सर्वाधिक रुची देखाएपछि जस्टिनको वेबसाइटमा ट्राफिक बढेर वेबसाइट नै क्य्रास भएको छ ।  

जस्टिन भन्छिन्, ‘म प्रविधिमा काम गर्छु । तर मलाई स्मार्टफोनको संस्कृतिप्रति घृणा छ ।’ उनी आफूलाई हाइपर कनेक्टेड सामाग्रीहरु मन नपर्ने बताउँछिन् । ‘म कसैको निर्देशनलाई मानेर बस्न मन पर्दैन र म यो तहसम्मको इन्टरनेट पहुँच आवश्यक ठान्दिन,’ जस्टिन भन्छिन् । 

आफैले बनाएको रोटरी डायल भएको मोबाइल फोनको साथमा अन्तरीक्ष इन्जिनियर जस्टिन हेप्त । Source: foxnews

जस्टिनले यो फोनको कभर थ्रीडी प्रिन्टरबाट बनाएकी छिन् । उनले यसमा स्पीड डायल बटनहरु राखेकी छिन् । म्यासेज र मिसकलहरु देख्न सजिलो होस् भनेर उनले फोनमा ईपेपर डिस्प्ले पनि राखेकी छिन् । 

यस्तो फोनलाई व्यवसायिक हिसाबले निर्माण गर्ने जस्टिनको कुनै योजना भने छैन । यद्यपी आफू जस्तै स्मार्टफोन संस्कृतिलाई घृणा गर्ने मानिसहरु देख्न पाउँदा आश्चर्यमा परेको उनले बताएकी छिन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१