close

प्रविधि क्षेत्रका प्रेरणादायी १२ महिला

टेकपाना टेकपाना

बैशाख ११, २०७७ २०:१७

प्रविधि क्षेत्रका प्रेरणादायी १२ महिला

विश्वमा आधाभन्दा धेरै जनसंख्या महिलाहरुको छ । सबै क्षेत्रमा महिलाहरुको सहभागिता बढ्ने क्रममा पनि छ । प्रविधि उद्योग पनि एउटा यस्तो क्षेत्र हो, जहाँ महिलाहरुको सहभागिता बढ्ने क्रम जारी छ । 

संख्यासँगै सामाजिक प्रभाव पनि सकरात्मकरुपले बढ्दैछ । वास्तवमा प्रविधि उद्योग अग्रगामी र प्रगतिशिल सोचाई भएका महिलाहरुका लागि एकदमै ठूलो अवसर र स्थान हो । यस्तै कारणले गर्दा अहिले प्रविधि क्षेत्रमा लैंगिक खाडल पुरिँदै गएको देख्न सकिन्छ ।

आज हामी तपाईंलाई यस्ता १२ जना महिलाहरुको बारेमा बताउँदै छौं, जसले अबको एक वर्ष प्रविधिको उद्योगमा ठूलो हस्तक्षेप कायम गर्दैछन् । 

१. एकता साहासी, कोनिका मिनोल्टा 

कोनिका मिनोल्टा विजनेस इन्नोभेसन सेन्टरकी उपाध्यक्ष रहेकी एकता सहासी  एक प्रभावशाली व्यत्तित्व हुन् । कम्पनीको आम्दानीको संयन्त्र मजबुत बनाउन उनले रणनीतिक भूमिका निर्वाह गरेकी छिन् ।

साथै उनले उक्त क्षेत्रमा स्टार्टअप इकोसिस्टम कल्चरलाई दरिलो विश्वासको वातावरण सिर्जना पनि गरिदिएकी छिन् । ल्याब र बोर्डरुम दुबैमा उत्तिकै प्रभावशाली मानिने एकता सहासी सिलिकन भ्याल्लीकी एक प्रवुद्ध इन्नोभेटिभ विजनेस पर्सनालिटीको रुपमा चिनिन्छिन् ।

साथै उनले एसिया र विश्वका विभिन्न संगठनहरुलाई स्मार्ट लिडरसिपको सल्लाह पनि दिदैँ आएकी छिन् ।

लिङ्कडिनमा फलो गर्नुहोस्

२. जेसिका नाजिरी, टेकसेस 

ग्लोबल टेक इन्फ्लुयन्सर तथा कन्टेन्ट स्ट्राटेजी एक्सपर्ट जेसिका नाजिरी प्रविधि उद्योगकी एक गेम चेन्जर हुन् । स्टार्टअपमा जुनकुनै व्यवसाय सुरु गर्नका लागि परामर्शदाताको रुपमा उनको व्यवसायिक विज्ञताको सहायता धेरैले लिने गरेका छन् ।

जेसिकाको मूख्य क्षेत्र भनेको मिडिया स्ट्राटेजी डेभलपमेन्ट र ब्राण्ड पोजिसनिङ हो । जेसिकाको परिचय टेकसेसको सिईओ तथा संस्थापकको रुपमा पनि परिचित छ । उनको प्रमुख उद्देश्य प्रविधि क्षेत्रलाई सहज र सामान्य नागरिकको पहुँचमा पुर्‍याउनु हो । 

लिङ्कडिनमा फलो गर्नुहोस्

३. एरिका बेकर, स्ल्याक 

आधुनिक कार्यक्षेत्रमा महिला तथा अल्पसंख्यक प्रतिनिधिलाई स्वीकार गरेर समावेशी बनाउने लोकप्रिय परियोजनाको एक प्रमुख संस्थापकमध्ये हुन् एरिका बेकर । प्रविधि क्षेत्रलाई लैंगिकताको मामिलामा तटस्थ बनाउन उनले महत्वपूर्ण भूमिका खेल्दै आएकी छिन् ।

एरिका हाल स्ल्याककी वरिष्ठ इन्जिनियर हुन् । साथै उनले विभिन्न कम्पनीहरुलाई मेन्टरशिप प्रशिक्षण समेत दिदैँ आएकी छिन् । 

लिङ्कडिनमा फलो गर्नुहोस्

४. गेल कारमिकेल, सोपिफाई

गेल कारमिकेल कम्प्युटर वैज्ञानिक, सक्रिय ब्लगर तथा शिक्षा विज्ञ हुन् । हाल उनी सोपिफाईमा एक्सटर्नल एजुकेसन टिम लिडरको रुपमा कार्यरत छिन् । कम्प्युटर साइन्सको अध्ययनलाई थप रोचक र सहज बनाउन उनले विभिन्न नयाँ विधिहरुको खोजी समेत गरेकी छिन् ।

महिलाहरुलाई सबै क्षेत्रमा संलग्न हुन प्रोत्साहन गर्ने गेलले वकालत पनि गर्दै आएकी छिन् । साथै उनले विख्यात कार्लेटन वूमन ईन साइन्स एण्ड इन्जिनियरिङ इन्स्टिच्युट स्थापना पनि गरेकी छिन् । उनले विभिन्न संगठनहरुमा परामर्शदाताको भूमिका समेत निभाउँदै आएकी छिन् । 

लिङ्कडिनमा फलो गर्नुहोस्

५. सफ्रा काट्ज, ओराकल 

आफ्नै बलबुतामा स्थापित सफ्रा काट्ज विगत २० वर्षदेखि ओराकल कम्पनीसँगै छिन् । उनी ओरकलकी कोसिईओ हुन् । प्रविधि क्षेत्रमा उनी एक ख्यातिप्राप्त नाम हुन् । ओराकलमा सफ्राको ८५ प्रतिशत स्वामित्व रहेको छ ।

उनी कार्यक्षेत्रमा नयाँ इन्नोभेसनका लागि काम गर्दै आएकी छिन् । साथै उनले नयाँ परिवर्तनका लागि पहलकदमी पनि चाल्दै आएकी छिन् । आफूलाई नयाँ पथनिर्माणकर्ताको रुपमा स्थापित गराउँदै आएकी उनले विभिन्न महत्वूर्ण परियोजनाहरु सम्पन्न गरिसकेकी छिन् । 

६. लेस्ली ह्यारिस, फ्युचर अफ प्राइभेसी फोरम

कुनै समय डेमोक्रेसी एण्ड टेक्नोलोजीकी अध्यक्ष तथा सीईओ थिइन् लेस्ली ह्यारिस । प्रविधिको क्षेत्रमा लेस्लीले केही एकदमै जटिल तथा चुनौतीपूर्ण परियोजनाहरु अघि बढाएकी छिन् । हाल उनी फ्युचर अफ प्राइभेसी फोरमकी सिनियर फेलोको रुपमा कार्यरत छिन् ।

उनले यो क्षेत्रमा सकरात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छिन् । संगठनको टेक फ्रेमवर्कलाई बलियो बनाउन उनले आफ्नो वैधानिक तथा प्रविधिको पृष्ठभूमी प्रयोग गर्दै आएकी छिन् । लेस्लीले टिमका सदस्यहरुलाई उत्पादकत्व बढाउन र व्यवसायिक र व्यक्तिगत जीवन सुधार गर्न सुझाव दिदैँ आएकी छिन् । 

लिङ्कडिनमा फलो गर्नुहोस्

७. ग्यानी सटवेल, स्पेस एक्स 

टप फिमेल रकेट साइन्टिस्ट ग्यानी सटवेलले एरोस्पेस प्रविधिमा विश्वभरी नै आफ्नो पहचान स्थापित गरेकी छिन् । हाल उनी स्पेस एक्सकी अध्यक्ष हुन् ।

उनले स्पेसएक्सको कामलाई एकदमै सजिलो र उत्कृष्ट ढंगले गरिरहेकी छिन् । उनले स्पेस लञ्च तथा अन्तरीक्ष यानहरुको निर्माण जस्ता जटिल परियोजना पनि निरीक्षण गर्दै आएकी छिन् । 

लिङ्कडिनमा फलो गर्नुहोस्

८. आर्थी रामामूर्ती, लुमोइड

आर्थी रामामूर्ती प्रविधिको क्षेत्रमा एउटा नेतृत्वदायी महिला नाम हो । सफ्टवेयर इन्जिनियरिङमा स्नातकोत्तर तह पूरा गरेकी उनी यो क्षेत्रकी विज्ञ नै हुन् । उनले माइक्रोसफ्टको प्रोजेक्ट म्यानेजर र नेटफ्लिक्समा प्रडक्ट म्यानेजर जस्ता महत्वपूर्ण भूमिका निर्वाह गरिसकेकी छिन् ।

लुमोइडमा सिईओ रहनुभन्दा अघि उनले उद्यमशिलता पनि अनुभव बटुलिसकेकी छिन् । उनले प्रविधिको क्षेत्रमा विभिन्न कम्पनीलाई परामर्श समेत दिदैँ आएकी छिन् । 

लिङ्कडिनमा फलो गर्नुहोस्

९. क्लेर बोन्सट्रा, अपरेसन एजुकेसन 

क्लेर प्रख्यात डेल्फ्ट विश्वविद्यालयकी एक चर्चित ग्य्राजुएट हुन् । अपरेसन एजुकेसनकी संस्थापक रहेकी उनले सिकाई विधिमा प्रविधिलाई प्रवेश गराएर परम्परागत शैक्षिक अनुभवमा परिवर्तन ल्याईदिएकी छिन् ।

प्रविधि, मिडिया र इन्जिनियरिङ क्षेत्रमा दुई दशक लामो अनुभव भए पनि उनले शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन  ल्याउन यस क्षेत्रमा प्रवेश गरेकी हुन् । उनी एक प्रभावशाली महिलानेत्री हुन् । जसले आफ्नो दूरदर्शिता र नयाँ सोचले प्रविधिको क्षेत्रमा ठूलो योगदान पुर्‍याउँदै आएकी छिन् । 

लिङ्कडिनमा फलो गर्नुहोस्

१०. किम्बर्ली ब्रायन्ट, ब्ल्याक गर्ल कोड

प्रविधि शिक्षाको क्षेत्रमा किम्बर्ली एकदमै प्रभावशाली महिला हुन् । उनी ब्ल्याक गर्ल कोडकी संस्थापक तथा सीईओ हुन् । प्रविधिलाई शिक्षाको अभिन्न अंशको रुपमा विकास गर्ने लक्ष्य लिएको गैरनाफामुलक संस्था सञ्चालन गर्छिन् किम्बर्ली । 

उनले विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा म्याथमेटिक्सको क्षेत्रमा पहलकदमी लिदै आएकी छिन् । किम्बर्ली कार्यक्षेत्रमा लैंगिक समावेशिताको वकालत समेत गर्दै आएकी छिन् । 

लिङ्कडिनमा फलो गर्नुहोस्

११. दारा ट्रेसिडर, फाइलमेकर कर्पोरेसन

दारा सिलिकन भ्यालीकी एक वरिष्ठ मार्केटिङ म्यानेजर हुन् । उनी एक नवीन सोच भएकी प्रभावशाली व्यवसायिक महिला हुन् ।

एप्पलको एउटा सहकायक कम्पनी, फाइलमेकरमा दारा सिनियर ग्लोबल हेडको रुपमा कार्यरत छिन् । उनी यस क्षेत्रमा महिलाको व्यवसायिकताको मुद्दा र सार्वजनिक स्वास्थ्यमा परिवर्तन ल्याउनलाई सक्रिय छिन् । 

लिङ्कडिनमा फलो गर्नुहोस्

१२. एंगेला एहरेन्ड्स, एप्पल रिटेल 

फेसन उद्योगमा सफल करियर बनाएकी एंगेला अहिले प्रविधि र रिटेल क्षेत्रमा छिन् । एप्पलको रिटेलमा हाल उनी वरिष्ठ उपाध्यक्षको रुपमा भूमिका निर्वाह गर्दै छिन् ।

एप्पललाई अझ फाइदामा लैजान उनी आफ्नो डिजिटल मार्केटिङको गहिरो अनुभवलाई प्रयोग गर्दैछिन् । उनले एप्पललाई अनुसन्धानात्मक क्रियाकलाप, टिम प्रोजेक्ट तथा साझेदारी विकासमा सहयोग पुर्‍याउँदै आएकी छिन् । एंगेला विश्वभरका युवा व्यवसायीहरुका लागि प्रेरणाकी पात्र हुन् ।

लिङ्कडिनमा फलो गर्नुहोस्

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३