close

सामसङ एस सिरिज र नोट सिरिजका पुराना फोन नयाँसँग साट्न सकिने

टेकपाना टेकपाना

फागुन २९, २०७६ १५:११

काठमाडौं । सामसङले आफ्नो पछिल्लो उत्पादन ग्यालेक्सी एस ट्वान्टी र एस ट्वान्टी प्लसको प्रि–अर्डरमा नयाँ योजना सार्वजनिक गरेको छ । यसअघिका सामसङ ग्यालेक्सी एस सिरिज र नोट सिरिजका प्रयोगकर्ताले उक्त फोन ग्यालेक्सी एस ट्वान्टी र एस ट्वान्टी प्लससँग साट्न सक्ने योजना ल्याइएको हो ।

सामसङ ग्यालेक्सी एस ट्वान्टी र एस ट्वान्टी प्लस स्मार्टफोन फागुन १९ गते नेपाली बजारमा सार्वजनिक भएको थियो । शुक्रबारदेखि नेपाली बजारमा उपलब्ध हुने यो फोनमा एक्सचेन्ज अफर ल्याइएको हो ।

एक्सचेन्जमा कम्पनीले पुराना प्रयोगकर्ताको मोबाइलको भ्यालुएसन गर्दा आउने मूल्यमा थप पाँच हजार उपलब्ध गराउने जनाएको छ । त्यसमा कम्पनीले तोकेको शर्त भने लागु हुने उल्लेख गरिएको छ । बुधबारबाट सुरु भएको यो अफर शुक्रबारसम्म मात्रै चल्ने छ ।

अफरमा सहभागी हुन प्रयोगकर्ताले आफ्नो मोबाइल फोन र मोबाइल किनेको भौचर समेत साथमै उपलब्ध गराउनु पर्नेछ । त्यसपश्चात कम्पनीका प्रतिनिधिले आवश्यक कागजतको लागि सम्पर्क गर्नेछन् ।

त्यसमा पासपोर्ट साइजको फोटो, नागरिकता वा ड्राइभिङ लाइसेन्सको फोटोकपी उपलब्ध गराउनु पर्नेछ । त्यसका आधारमा कम्पनीले आवश्यक प्रमाणीकरणको गर्नेछ । प्रमाणीकरण पश्चात कम्पनीले प्रयोगकर्ताले उपलब्ध गराएको फोनको अवस्थाको अध्ययन गर्नेछ ।

त्यसआधारमा कम्पनीले अनलाइनमार्फत नै उक्त मोबाइलको भ्यालुयसन गर्नेछ । अनलाइनबाट हुने भ्यालुयसनले उक्त मोबाइलको मूल्य निर्धारण गर्नेछ । उक्त मूल्य चित्त बुझेको खण्डमा मात्रै कम्पनीले प्रयोगकर्तासँग सम्झौता गर्ने जनाइएको छ ।

अफर उपलब्ध स्थान
शो-रुम स्थान
काठमाडौं भित्र
सामसङ प्लाजा बौद्ध
सामसङ प्लाजा दरबार मार्ग
सामसङ प्लाजा सिभिल मल
सामसङ प्लाजा पुल्चोक
सामसङ प्लाजा बानेश्वर
सामसङ प्लाजा भक्तपुर
आईएमएस स्मार्ट बौद्ध
आईएमएस स्मार्ट दरबार मार्ग
आईएमएस स्मार्ट जावलाखेल
आईएमएस स्मार्ट कमलादी
आईएमएस स्मार्ट खिचापोखरी
आईएमएस स्मार्ट न्युरोड
काठमाडौं बाहिर
१‍ ए टु जेड मोबाइल केयर
२‍ चाँदनी मोबाइल
३‍ मोबाइल एण्ड मोबाइल
४‍ आरसी मोबाइल सेन्टर
५ वाइबा मोबाइल, उर्लाबारी
बिराटनगर
१‍ नैना इलैक्ट्रोनिक्स
२‍ कनक मोबाइल
३‍ सनराज मोबाइल
४‍ आर्कित इन्टरप्राइज
५ ‍ बिधाता स्टोर
६ दिपंकर स्टोर
७ अन्जु श्री स्टोर
इटहरी
१ रुप इन्टरप्राइज
२ न्यु पाथिभरा ट्रेड कन्सर्न
३ गिरिस इन्टरप्राइज
बिर्तामोड
१ सेभेन इलाभेन मोबाइल शप
२ अधिकारी मोबाइल सेन्टर
३ क्यानभास मोबाइल सेन्टर
४ हेलो बसपार्क
५ मकवानपुर मोबाइल सेन्टर
६ मास्टर मोबाइल
७ न्यु हेटौडा मोबाइल सेन्टर
८ न्यु आरटु मोबाइल सेन्टर
९ निशान मोबाइल एण्ड वाच सेन्टर
१० श्री पशुपती
११ शुभलक्ष्मी मोबाइल सेन्टर
१२ भ्वाइस मार्ट
हेटौडा
१‍ मनकामना इलेक्ट्रोनिक्स एण्ड वर्कशप नारायणी अञ्चल

पछिल्लो अध्यावधिक: चैत १५, २०८० १:३८