close

एन्ड्रोइड र कम्प्युटरबीच वाईफाईमा यसरी गर्नुहोस् फाइल ट्रान्सफर

टेकपाना टेकपाना

चैत ३, २०७६ १४:१३

एन्ड्रोइड र कम्प्युटरबीच वाईफाईमा यसरी गर्नुहोस् फाइल ट्रान्सफर

कम्प्युटर र ट्याब्लेट बीच फाइलहरू कसरी सेयर गर्ने भन्ने विषय कतिपय प्रयोगकर्ताका लागि समस्याको विषय हुन सक्छ । काम चलाउ केही विकल्प भए पनि त्यति मजेदार भने नलागिरहेको हुन सक्छ ।

यदी तपाईं एउटै नेटवर्कमा इन्टरनेट चलाइरहनुभएको छ भने वायरलेस कनेक्सन मार्फत आपसमा फाइलहरु सेयर गर्न सक्नुहुन्छ । वेबमा आधारित एउटा गज्जबको फिचरको सहयोगमा तपाईं धेरै डिभाइसहरुबीच सहजै फाइल ट्रान्सफर गर्न सक्नुहुन्छ ।

फिचर

यहाँ केहि फिचरहरू छन्, जुन तपाईले वाईफाई फाइल ट्रान्सफरमा पाउनुहुनेछः

  • एकै पटक धेरै फाइल अपलोड तथा डाउनलोड गर्न सकिने समग्र फोल्डरको ढाँचा सहित अपलोड गर्न सकिने (गुगल क्रोममा मात्र)
  • फाइल डिलिट, रिनेम, कपी, जिप तथा अनजिप गर्न सकिने
  • पासवर्ड अथेन्टिकेसन
  • फोटो, भिडियो, गीतको डाइरेक्टरीका लागि सर्टकट
  • ब्याकग्राउण्ड सुविधाको रुपमा प्रयोग गर्न सकिने
  • सोझै वेब ब्राउजरमा फोटो हेर्न सकिने
  • घरको नेटवर्कमा कनेक्ट रहेको अवस्थामा अटोस्टार्ट सर्भिस (वैकल्पिक)
  • एक्स्टर्नल एसडी कार्ड तथा यूएसबी स्टोरेजमा एक्सेस गर्न सकिने
  • हटस्पट मोड सपोर्ट गर्ने

यो एप प्रो तथा निःशूल्क गरी दुबै भर्सनमा उपलब्ध छ । नि: शुल्क भर्सनमा केवल ५ एमबीभन्दा ठूला फाइल अपलोड गर्न नसकिने सीमितता छ ।

वायरलेस नेटवर्कको माध्यमबाट ब्राउजरमै कुनै पनि डिभाइसबाट अपलोड तथा डाउनलोड गर्न सकिने भएका कारण यो टूल तपाईंलाई पनि मन पर्न सक्छ ।

यसरी गर्नुहोस् इन्स्टल

कुनै पनि एन्ड्रोइड डिभाइसमा यो साधारण प्रक्रियाबाट ‘वाईफाई फाइल ट्रान्सफर’ इन्स्टल गर्न सक्नुहुनेछ ।

  • गूगल प्ले स्टोर खोल्नुहोस् ।
  • वाईफाई फाइल सर्च गर्नुहोस् ।
  • वाईफाई फाइल ट्रान्सफर इन्ट्रिमा ट्याप गर्नुहोस् ।
  • एसेप्ट गर्नुहोस् ।

यहाँ क्लिक गरेर पनि एप डाउनलोड गर्न सक्नुहुनेछ ।

इन्स्टलेसन सम्पन्न गरिसकेपछि तपाईंले मोबाइलमा रहेका एपहरुको बीचमा यो एप्लिकेसन फेला पार्न सक्नुहुनेछ । एप प्रयोग गर्न आईकनमा थिच्नुहोस् ।

प्रयोग

अघि भनेजस्तै फाइल ट्रान्सफर गर्ने डिभाइसहरु एउटै नेटवर्कमा कनेक्ट रहेको सुनिश्चित गर्नुहोस् । वाईफाई फाइल ट्रान्सफर एप खोल्नुहोस् र फाइल ट्रान्सफर सेवाका लागि स्टार्ट बटनमा ट्याप गर्नुहोस् ।

अब त्यहाँ तपाईंलाई आईपी एड्रेस र पोर्ट दिइएको हुनेछ । डेक्सटपमा रहेको कुनै पनि ब्राउजरको माथि सिरानीमा रहेको यूआरएलमा उक्त आईपी एड्रेसलाई जस्ताको त्यस्तै राख्नुहोस् ।

अब तपाईंलाई तल दिइएको जस्तै इन्टरफेस अर्थात स्वरुप देखा पर्नेछ । मूख्य चार ओटा सेक्सनबाट यो इन्टरफेस तयार भएको हुन्छ ।

  • फाइल ब्राउजरः जसमा तपाईं आफ्नो डिभाइसमा रहेको फाइल संरचना नेभिगेट गर्न सक्नुहुनेछ ।
  • मिडिया ग्यालरीः यसमा तपाईं आफ्नो मोबाइल डिभाइसका तस्विरको थम्बनेल ग्यालरी हेर्न सक्नुहुनेछ ।
  • डिभाइस इन्फरमेसनः यहाँ आफ्नो मोबाइलको स्टोरेजको जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।
  • ट्रान्सफर फाइलः यहाँबाट तपाईं फाइल तथा फोल्डर ट्रान्सफर गर्न

पासवर्डको सुरक्षा

यदि वाईफाई फाइल ट्रान्सफर एप्लिकेसनमा पासवर्डले सुरक्षित गर्नुभएन भे तपाईंको एन्ड्रोइड तथा ट्याब्लेट नेटवर्कमा हुँदा, पासवर्ड थाहा भएको व्यक्तिले तपाईंको डिभाइसमा फाइल राख्न तथा हटाउन सक्छ ।

यसका लागि एपको सेटिङमा जानुहोस् र ‘एक्सेस पासवर्ड’ मा ट्याप गर्नुहोस् । अब त्यहाँ आफू अनुकुलको पासवर्ड राखेर ओके गर्नुहोस् । यति गरेपछि तपाईंको मोबाइल डिभाइसको आईपी तथा एड्रेस पोर्ट राख्ने जो कसैले पहुँच बनाउन पासवर्ड प्रयोग गर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१