close

नेपालका लागि फ्युज मेसिनले विकास गर्‍यो कोरोनाको रियलटाइम डाटा सहितको सिस्टम

टेकपाना टेकपाना

चैत ९, २०७६ १४:५१

नेपालका लागि फ्युज मेसिनले विकास गर्‍यो कोरोनाको रियलटाइम डाटा सहितको सिस्टम

काठमाडौं । कोरोना भाइरस अर्थात कोभिड-१९ बारे यथार्थ सूचना प्रसारण गर्न एआईमा काम गर्दै आएको कम्पनी फ्युज मेसिनले एउटा ओपन सोर्स प्लेटफर्म निर्माण गरेको छ । कोरोना भाइरसको महामारीको विषयमा नेपालभीत्रका सम्पुर्ण घटना तथा विवरणको अपडेट दिने फ्युज मसिनले उक्त डेडिकेटेड ओपन सोर्स प्लेटफर्म निर्माण गरेको हो । 

फ्युज मेसिनका संस्थापक तथा डेटा साइन्टिस्ट समीर मास्केले ९० घण्टाभन्दा धेरै समयको अथक प्रयास पछि यो सिस्टम तयार भएको जानकारी दिएका छन् । उनले फेसबुक स्टाटसमा लेखेका छन्, ‘यसबाट मानिसहरुलाई सही रुपमा सूचित गर्नका साथै विश्वसनीय तथ्याङ्कले यो महामारीसँग जुध्न समेत सघाउनेछ । त्यसैले सबै व्यक्ति तथा संघसंस्थाहरुलाई यो हाम्रो सामुहिक प्रयासमा सहभाग हुन अनुरोध गर्दछु ।’

सर्वसाधाणलाई स्वस्थ रहन तथा सचेत राख्न कम्पनीले विभिन्न विश्वसनीय तथा आधारिक स्रोतहरुबाट स‌कलन गरिएका जानकारी तथा विवरणहरु त्यसमा राखेको छ । उक्त प्लेटफर्ममा नेपालभीत्र कोरोना संक्रमणको रियल टाइटम डेटा, लक्षण, रोकथाम लगायतका जानकारी तथा उपाय, आपतकालीन फोन सम्पर्कहरु समेत राखिएको छन् ।

यहाँ क्लिक गरेर फ्युज मेसिनले विकास गरेको उक्त प्लेटफर्ममार्फत कोरोना भाइरसको रियलटाइम डाटा सहितको जानकारी तथा विवरण पाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६