close

एनसेलको आम्दानीमा कमी

टेकपाना टेकपाना

असोज १, २०७६ २२:१५

एनसेलको आम्दानीमा कमी

कम्पनीको बैंक ब्यालेन्स र खुद सम्पत्तीमा बृद्धि भएको भएता पनि एनसेलको आम्दानीमा भने केही कमी आएको छ । एनसेलको आम्दानी दोस्रो चौमासिकमा अघिल्लो चौमासिकको तुलनामा ५.७ प्रतिशतको कमी आएको छ । जसमा मोबाइल सेवाबाट हुने आम्दानी घट्नुलाई मुख्य कारणको रुपमा लिइएको छ ।

एनसेलको अन्तराष्ट्रिय कलबाट आउने आम्दानीमा पनि १३.७ प्रतिशतको कमी आएको छ । एनसेलले गरिरहेको नेटवर्क बिस्तारको कारण नगद प्रवाहमा ४२ प्रतिशतको कमी आएको देखिएको छ ।

यो अवधिमा एनसेलले कुल सञ्चालन खर्च भने केही घटेको छ । अघिल्लो वर्ष सोही अवधिमा ३९.१ प्रतिशत सञ्चालन खर्च गरेको एनसेलले यो चौमासिकमा सञ्चालनमा खर्च ३८.३ प्रतिशतमा झारेको छ । त्यसमा प्रत्यक्ष खर्चमा आएको कमी कारक हो । अघिल्लो चौमासिकमा कुल आम्दानीको ९.१ प्रतिशत प्रत्यक्ष खर्च भएकोमा दोस्रो चौमासिकमा प्रत्यक्ष खर्च ८.८ प्रतिशत मात्रै भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३